लोहकिल्थलीमा ‘पूर्ण राई एण्ड दाजुभाइ’ र कुमा सागरको कन्सर्ट हुने

भक्तपुर, असोज ९
बडादशैंको अवसर पारेर भक्तपुरको मध्यपुर थिमि–१, लोहकिल्थलीमा सांगीतिक कन्सर्ट हुने भएको छ । असोज १८ गते ट्रिम्फ इभेन्टले आयोजना गर्ने उक्त कन्सर्टमा कुमा सागर ख्वप, पूर्ण राई एण्ड दाजुभाइहरु, रक हेड र स्थानीय ब्यान्डले मनोरञ्जन प्रदान गर्नेछन् ।
कार्यक्रम लोहकिल्थलीको क्लब मध्यपुरमा हुनेछ । मध्यपुर थिमिलाई चिनाउने उद्देश्यका साथ कन्सर्ट आयोजना गर्न लागेको आयोजक संस्थाका कृष डंगोलले जानकारी दिनुभयो ।
कन्सर्टमा सहभागी हुन साधारणतर्फ ७०० रुपैयाँ र विशिष्टतर्फ एक हजार रुपैयाँ टिकट राखिएको छ ।