जिल्लाव्यापी लोकनृत्यमा मित्रश्री प्रथम

भक्तपुर, भदौ १२
क्लवालिटी अंग्रेजी विद्यालयको रजत महोत्सवको अवसरमा मंगलवार आयोजित जिल्लाव्यापी विद्यालय स्तरीय लोकनृत्य प्रतियोगितामा मित्रश्री इङ्गिलस स्कूल पहिलो भएको छ । मित्रश्रीले मेडल, ट्रफी, प्रमाण पत्र तथा नगद पुरस्कार १० हजार प्राप्त गरे ।
सो प्रतियोगितामा इडेन गार्डेन इंग्लिस स्कुल दोस्रो, पारागन एकेडेमी तेस्रो र ऋतम्भरा पाठशालाले सान्त्वना स्थान हासिल गरेका छन । मेडल, ट्रफी, प्रमाण पत्र सहित इडेनले ८ हजार, पारागनले ५ हजार र ऋतम्भराले ४ हजार नगद पुरस्कार प्राप्त गरे ।
प्रतियोगितामा विमल मेमोरियल विद्यापिठले उत्कृृष्ट भेषभूषा र मित्रश्री पाठशालाले उत्कृष्ट नृत्य निर्देशक पुरस्कार प्राप्त गरेको आयोजकले जनाएको छ ।
सो अवसरमा चाँगुनारायण नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष धनबहादुर लामाले विद्यार्थीमा रहको अन्तरनिहित क्षमताको उजागर गर्न यस्ता कार्यक्रम निरन्तर सञ्चालन हुनुपर्नेमा जोड दिनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिबोधन बास्तोलाको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा नेशनल प्याब्सन भक्तपुरका अध्यक्ष संजय खड्का, नमस्ते ख्वप टेलिभिजनका प्रवन्ध निर्देशक ऋषिकेश श्रेष्ठ, आयोजक विद्यालयका सहप्रिन्सिपल रामकुमार नेपाललगायतले बोल्नुभएको थियो ।