टिफरको ठक्करले साइकल यात्रीको मृत्यु

भक्तपुर, भदौ ७
भक्तपुरमा शुक्रवार दिउँसो टिफरले साइकल यात्रीलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भक्तपुर नगरपालिका–८, च्यामासिंहका ६५ वर्षिय आशानाराँ कोजू रहेका छन ।
भक्तपुर नगरपालिका–९ तुमचो दुगुरे सडकखण्डमा भत्क्यापाटीबाट च्यामासिंहतर्फ आउँदै गरेको बा ४ ख ४९३१ नम्बरको टिप्परले सोही दिशा तर्फ आउँदै गरेको साइकललाई ठक्कर दिँदा कोजूको मृत्यु भएको हो ।
टिफरको ठक्करले गम्भिर घाईते भएका कोजूलाई उपचारका लागि तत्काल ख्वप अस्पताल लगिएकोमा त्यही उनको मृत्यु भएको प्रहरी वृत्त जगातीका प्रमुख प्रहरी नायव उपरीक्षक दिप्ती कार्कीले बताउनुभयो ।
प्रहरीले टिफर चालक सिन्धुपाल्चोक मेलम्ची– ९ भई हाल भक्तपुरमा अस्थायी बसोबास गर्ने ३३ वर्षिय अमीर तामाङ प्रहरी बृत्त जगातीको नियन्त्रणमा राखी थप कारवाही भइरहेको प्रनाउ कार्कीले बताउनुभयो ।