डेरीमा आगलागी हुँदा साढे ३ लाखको क्षती

भक्तपुर, भदौ ७
मध्यपुर थिमि–७ धुन्चोपाखामा डेरीमा आगलागी हुँदा साढे ३ लाख बराबरको क्षती भएको छ । स्थानीय रत्न हैंजुको दुई तले फलामको ट्रष्टको टहराको भुईंतलामा दुलहती पराजुलीले सञ्चालन गरेको शिवदुती डेरीमा शुक्रवार बिहान ग्यास चुवाहट भई आगलागी भएको हो ।
आगलागी हुनासाथ तत्कालै प्रहरी वृत्त थिमिका प्रहरी नायव उपरीक्षक प्रेम सागर केसी नेतृत्वमा प्रहरी परिचालन भई स्थानीय बासिन्दा र जुद्ध वारुण यन्त्र भक्तपुरको दमकलको सहायताले आगलागी नियन्त्रणमा लिईएको प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजन कार्कीले बताउनुभयो ।
आगलागीमा ३ लाख ५४ हजार रुपैंया बराबरको क्षती भएको प्रनाउ कार्कीले जानकारी दिनुभयो । घटनाको प्रहरीले थप अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो ।