मानव अधिकारबारे भक्तपुरमा प्रशिक्षण

भक्तपुर, भदौ १
नेपाल मानव अधिकार संगठन भक्तपुर शाखाले शनिवार जिल्लाका विभिन्न पेशा, व्यवसाय र सेवा क्षेत्रमा कार्यरत पदाधिकारीलाई मानव अधिकारबारे प्रशिक्षण प्रदान गरिएको छ ।
संगठनले जिल्लामा क्रियाशील नेपाली सेना, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, कानुन व्यवसायी, शिक्षक, विद्यार्थी, चिकित्सक, व्यवसायी, अपांगता भएका नागरिक, समाजसेवी र पत्रकार लगायतका प्रतिनिधिलाई प्रशिक्षण प्रदान गरिएको हो ।
कार्यक्रममा संगठनका महासचिव एवम् अधिवक्ता कल्याण पोखरेल, उपमहासचिव एवम् अधिवक्ता शर्मिला थापा बिष्ट र अधिवक्ता बिनोद कार्कीले छुट्टाछुट्टै विषयमा प्रशिक्षण दिनुभएको संगठनका जिल्ला अध्यक्ष अध्यक्ष रामकृष्ण मानन्धरले बताउनुभयो । प्रशिक्षणमा विभिन्न क्षेत्रका ७५ बढी प्रशिक्षार्थी सहभागी भएका थिए ।
संगठनका केन्द्रीय अध्यक्ष इन्द्रप्रसाद अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न प्रशिक्षण कार्यक्रममा विभिन्न कार्यालय र संघ संगठनको तर्फबाट आतिथ्यता रहेको थियो । उद्घाटन सत्रमा सम्बोधन गर्दै उनीहरुले मानव अधिकारको महत्व माथि प्रकाश पार्दै नेपालमा यसको संरक्षण, प्रवर्द्धन र विकास नै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सौन्दर्य भएको बताएका थिए ।