यल अन्तर सहकारी समन्वय समितिको अध्यक्षमा सुशन

ललितपुर, भदौ १ |
यल अन्तर सहकारी समन्वय समितिको अध्यक्षमा सुशन श्रेष्ठ चुनिनु भएको छ । समितिको शुक्रवार सम्पन्न सातौं साधारणसभाले श्रेष्ठको अध्यक्षतामा नयाँ समिति गठन गरेको हो ।
ललितपुर जिल्लाका १४ वटा सहकारीहरुको सञ्जालको रुपमा रहेको समितिको अध्यक्ष चुनिनु भएका श्रेष्ठ मंगलबजारस्थित उत्सर्ग बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष हुन् ।
समितिको उपाध्यक्षमा नारायण तण्डुकार, सदस्यहरुमा यल अन्तर महिला संजाल संयोजक ललिता श्रेष्ठ, उप संयोजक अर्चना तण्डुकार, यल अन्तर म्यानेजर क्लब संयोजक विश्व खड्गी, उप संयोजक विनोद महर्जनलगायत १४ जना रहेका छन ।
सो अवसरमा नवनिर्वाचित अध्यक्ष श्रेष्ठले सहकारी क्षेत्रमा विद्यमान समस्या समाधानका लागि सदस्यहरुलाइ सहकारी शिक्षाको अभिमुखिकरण र नेतृत्व विकास, खराब ऋण उठाउने र तरलता समाधान गर्ने लगायतका कार्यक्रमहरु सञ्चालन गर्ने बताउनुभयो ।
अष्टलाल महर्जनको सभापतित्वमा सम्पन्न कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा ललितपुर बचत संघका अध्यक्ष रामहरि बजगाईंको प्रमुख आतिथ्यता रहेको थियो । सञ्जालका १४ वटा सहकारीमा सदस्यहरूको संख्या ७ हजार ७ सय रहेको जनाएको छ ।