सिटीले जित्यो कम्युनिटी सिल्डको उपाधि

भक्तपुर, साउन २७
इंग्लिस एफए कम्युनिटी सिल्डको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । सिटीले शनिवार राती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि जितेको हो ।
सिटीले सातौंपल्ट उपाधि जितेको हो । सिटीले यसअघि सन् १९३७, ६८, ७२, २०१२, ०१८ र ०१९ मा उपाधि जितेको थियो ।
वेम्बलीमा भएको खेलमा युनाइटेडलाई पेनाल्टी सुटआउटमा सिटीले ७–६ ले पराजित ग¥यो । त्यसअघि दुवै टोलीले १–१ को बराबरी खेलेका थिए ।
खेलको ८२औं मिनेटमा ब्रुनो फर्नान्डिसले उपलब्ध गराइदिएको पासमा अलेजान्ड्रो गार्नाचोले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । तर, निर्धारित खेल सकिन एक मिनेट बाँकी रहँदा ओस्कर बबले सिटीलाई बराबरीमा ल्याउन मद्दत गरे । उनले दिएको पासमा बर्नार्डो सिल्भाले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । त्यसपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।
कम्युनिटी सिल्डलाई इंग्ल्यान्डमा नयाँ सिजनको सुरुआत हुने समयमा अयोजना गरिने गर्दछ । अघिल्लो सिजनको कम्युनिटी सिल्डको उपाधि आर्सनलले जितेको थियो । आर्सनलले म्यानचेस्टर सिटीलाई हराएर उपाधि जितेको थियो । सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले आफ्नै रेकर्डलाई ब्रेक गर्दै सिजनको चौथो उपाधि जितेका हुन ।