आफ्नै स्कुल बसको ठक्करले ६ वर्षिया बालिकाको मृत्यु

भक्तपुर, साउन २५
भक्तपुरको कटुञ्जेमा स्कुल बसको ठक्करले शुक्रवार ६ वर्षिया बालिकाको मृत्यु भएको छ । स्कुलबाट घर फर्केकी ती बालिकालाई उनकै स्कुलको बसले ठक्कर दिएको हो ।
सूर्यविनायक नगरपालिका–५ कटुञ्जे तिनधारे नजिक सल्लाघारीबाट सुवर्णेश्वरतर्फ जाँदैं गरेको अक्सफोर्ड प्राक्टिकल स्कुलको बाग्मती २ क. ९९११ नं.को बसले ठक्कर दिँदा सोही स्कुलमा अध्ययनरत ६ वर्षिया बालिका रियान्सी नेपालको मृत्यु भएको हो ।
बसबाट आर्लेर बाटो पार गर्ने क्रममा अचानक सो स्कुल बसले ठक्कर दिँदा बालिका गम्भिर घाईते भएको थियो । उनलाई तत्काल उपचारका लागि डा. इवामुरा अस्पताल सल्लाघारी लगिएको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डिएसपी राजन कार्कीले बताउनुभयो ।
उनको शव पोष्टमार्तमको लागी केएमसी अस्पताल दुवाकोट लगिएको छ । प्रहरीले बस र बस चालक भक्तपुर नगरपालिका वडा नं. २ खौमा बस्ने ५९ वर्षिय कान्छा देउपाललाई प्रहरी वृत जगाती भक्तपुरको नियन्त्रणमा र थप अनुसन्धान कार्य गरिरहेको डिएसपी कार्कीले जानकारी दिनुभयो ।