प्लाष्टिकको बाल्टिनमा डुबेर ११ महिने बालिकाको मृत्यु

भक्तपुर, साउन २२
भक्तपुरको चित्तपोलमा आज (मंगलवार) साँझ प्लाष्टिकको बाल्टिनमा डुबेर ११ महिने बालिकाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका २ घरभई हाल सूर्यविनायक नगरपालिका १० चित्तपोल बस्ने गिता बस्नेतको ११ महिने छोरी नेलिस्ता बस्नेतको मृत्यु भएको हो ।
नेलिस्ता खेल्ने क्रममा अचानक २० लिटरको बाल्टिनमा रहेको पानीमा डुबेर असक्त भई तत्काल उपचारका लागि च्यामसिंहस्थित ख्वप अस्पताल लगिएको थियो । त्यही उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राजन कार्कीले बताउनुभयो ।
बालिकाको शव पोष्टमार्तमको लागि केएमसी अस्पताल दुवाकोटमा राखिएको छ । घटनास्थलमा प्रहरी वृत जगातीबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान कार्य गरी घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रनाउ कार्कीले जानकारी दिनुभयो ।