चाँगुनारायण, झौखेल, दुवाकोट खानेपानीमा प्रधुम्न निर्वाचित (मत परिणामसहित)

भक्तपुर, साउन १३
चाँगुनारायण, झौखेल, दुवाकोट खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अध्यक्षमा प्रधुम्न पोखरेल निर्वाचित भएका छन । समितिको शनिबार सम्पन्न निर्वाचनमा पोखरेल ३४४ मतका साथ अध्यक्षमा निर्वाचित भएको हो । उहाँका प्रतिष्पर्धी दिनेश न्यौपानेले १०९ मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक अधिवक्ता किरण न्यौपानेले जानकारी दिनुभयो ।
समितिको उपाध्यक्षमा माधवप्रसाद न्यौपाने ३१० मतका साथ विजयी हुँदा उहाँका प्रतिष्पर्धी विना बास्तोलाले १३३ मत प्राप्त गर्नुभयो । सचिवमा हृदय खड्का ३०५ मतका साथ निर्वाचित हुनुभयो । सचिवका अर्को उम्मेदवार रामेश्वर थापाले १०३ मत प्राप्त गरेको न्यौपानेले बताउनुभयो ।
कोषाध्यक्षमा राजेन्द्रकुमार दाहाल निर्वाचित हुनुभयो । उहाँले २७५ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिष्पर्धी महेशनाथ ढुंगानाले १६० मत प्राप्त गर्नुभयो ।
यसैगरी समितिको सदस्यहरुमा मनराज खड्का(२५६), आनन्दराम खत्री(२८४), सोनु श्रेष्ठ(२७८, बच्चुराम न्यौपाने(२९९), राजकुमार खड्का(२६९), सुनिता रिजाल न्यौपाने(३०२) र मणिराज श्रेष्ठ (२८२) चुनिएका छन् ।