टिपरको ठक्करले मोटरसाइकल चालकको मृत्यु

भक्तपुर, साउन १३
भक्तपुरमा टिपरले पछाडीबाट ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने एक जना घाईते भएका छन । घाईतेको मध्यपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आइतवार बिहान सवा एक बजे काठमाण्डौबाट भक्तपुर तर्फ आँउदै गरेको गण्डकी प्रदेश ७ प. ५३५३ नं. को मोटरसाईकललाई बागमती प्रदेश ४ ख. २९०१ नं. को टिपरले मध्यपुर थिमि–४, नयाँ थिमिमा पछाडीबाट ठक्कर दिएको थियो ।
उक्त दुर्घटनामा गम्भिर घाईते भएका मोटरसाइकल चालक काभ्रेपलान्चोक मण्डनदेउपुर नगरपालिका–१ घर भई हाल भक्तपुर कमलबिनायक बस्ने अन्दाजी २१ वर्षिय सुभाष तामाङको मृत्यु भएको हो । दुर्घटनामा घाईते भएका तामाङलाई उपचारका लागि मध्यपुर अस्पताल लगिएकोमा त्यही उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डिएसपी राजन कार्कीले बताउनुभयो ।
मोटरसाईकल पछाडी सवार काभ्रेपलान्चोक माहाकाल गाउँपालिका–६ घर भई हाल कमलबिनायक बस्ने २० वर्षिय संजिव थापा मगरको मध्यपुर अस्पतालमा उपचार भईरहेको कार्कीले जानकारी दिनुभयो ।
प्रहरीले घटनामा संलग्न सवारी साधन र टिपर चालक काभ्रेपालन्चोक मण्डनदेउपुर–६ बस्ने २८ वर्षिय राज कुमार राईलाई नियन्त्रणमा लिई थप कारवाही गरिरहेको कार्कीले बताउनुभयो ।