सौर्य एआरलाइन्सद्धारा दुर्घटनामा परेकाहरुको विवरण सार्वजनिक (विवरणसहित)

भक्तपुर, साउन ९त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट उडान भर्ने क्रममा दुर्घटनामा परेको सौर्य एअरलाइन्सको जहाजमा चालक दलका सदस्यसहित १९ जना एयरलाइन्सका कर्मचारीहरु सवार रहेको खुलेको छ ।
कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार विमानमा क्याप्टेन मनिष शाक्य, को–पाइलट एस कटुवाल रहेका छन । चालक दलका बाहेक जहाजमा अन्य १६ पुरुष र १ महिला रहेका कम्पनीले जनाएको छ ।
प्राविधिक परीक्षणका लागि पोखरा विमानस्थलतर्फ जाने क्रममा यो जहाज दुर्घटनामा परेको हो । पोखरामा सौर्यको नियमित उडान थिएन । परीक्षण उडानमा रहेकाले यो जहाजमा टिकट काटेका सर्वसाधारण यात्रु थिएनन्, एयरलाइन्सका कर्मचारीहरु मात्र थिए ।