दुर्घटनाग्रष्ट सौर्यको जहाजमा १९ यात्रु, क्याप्टेनको उद्धार गरी केएमसी पुर्यायो

भक्तपुर, साउन ९
काठमाण्डौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको सौर्य एयरलाइन्सको जहाजमा १९ यात्रु रहेको खुलेको छ । सौर्यको ९ एन–एएमई÷सीआरजे २०० कलसाइनको जहाज बुधबार बिहान दुर्घटनामा परेको थियो ।
जहाज रनवे ०२ तर्फबाट उडेको र पूर्वतर्फ रनवे २० नजिकै दुर्घटनामा परेको विमानस्थलले जनाएको छ ।
दुर्घटनामा परेको जहाजमा रहेका क्याप्टेन ३७ वर्षीय मनीष शाक्यलाई उद्धार गरेर केएमसी अस्पतालमा लगिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले जानकारी दिएको छ ।
दुर्घटनाको थप विवरण आउने क्रममा रहेको छ ।