त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सौर्यको जहाज दुर्घटना

भक्तपुर, साउन ९

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाण्डौंमा सौर्य एअरको जहाज दुर्घटना भएको छ । सौर्यको ९ एन एएमई (सीआरजे २००) जहाज पोखरा उड्ने क्रममा बुधबार करिब ११ बजे दुर्घटना भएको हो । जहाजले धावनमार्ग छाड्नासाथ भुईमा बजारिएको पाइएको छ ।
दुर्घटनाका कारण विमानमा आगो लागेको छ । अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरुको टोली घटनास्थल पुगेर आगो नियन्त्रणको प्रयासमा छन् । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।