जुवाखाल सञ्चालकसहित १० जना पक्राउ

भक्तपुर, साउन ८
भक्तपुरको लिवालीबाट प्रहरीले जुवाखाल सञ्चालकसहित १० जनालाई पक्राउ गरेको छ । भक्तपुर नगरपालिका –८, लिवालीस्थित ब्रम्हलाल गणेशको ३ तले पक्की घरको पहिलो तलाको कोठा भाडामा लिएर जुवातास खेलाईरहेको छ भन्ने सूचनाको आधारमा प्रहरी वृत्त जगातीको टोलीले छापा मारी जुवाखाल सञ्चालकसहित १० जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा जुवाखाल सञ्चालक भक्तपुर सूर्यविनायक नगरपालिका–४, दधिकोट बस्ने ३७ वर्षिय रामेश्वर खड्का, चाँगुनारायण नगरपालिका–५ छालिङ बस्ने ७६ वर्षिय सानु प्रसाद बन, चाँगुनारायण–७, बागेश्वरी बस्ने ६२ वर्षिय बाबुकाजी श्रेष्ठ, ५२ वर्षिय राजकुमार पाण्डे, चाँगुनारायण–५ पिखेल बस्ने ६२ वर्षिय केदार बहादुर के सी, ५५ वर्षिय ईन्द्र थापा छन ।
यसैगरी चाँगुनारायण–५, छालिङ बस्ने ४० वर्षिय माधब बस्नेत, सूर्यविनायक नगरपालिका–८ सिपाडोल बस्ने ४० वर्षिय श्याम मठैया, भक्तपुर नगरपालिका–१० कमलबिनायक ५६ वर्षिय राम सुन्दर मारिखु, काभ्रे कात्तिके देउराली गाउँपालिका–४ घर भई हाल भक्तपुर भानेचोक बस्ने ३५ वर्षिय भिम बहादुर तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक राजन कार्कीले बताउनुभयो ।
प्रहरीले उनीहरुको साथबाट ३ बुक तास र एक लाख साठी हजार पाँच सय रुपैंया नगद बरामद गरिएको कार्कीले जानकारी दिनुभयो । उनीहरुलाई जुवा सम्बन्धी कसूरमा जिल्ला प्रशासन कार्यालयमा पेश गरी थप कारवाही भइरहेको कार्कीले बताउनुभयो ।