नगदेशमा ५ गते बृहत खुल्ला रक्तदान कार्यक्रम हुने

भक्तपुर, साउन २
मध्यपुर थिमि –७, नगदेशस्थित गणेश माध्यामि विद्यालयमा शनिवार बृहत रक्तदान कार्यक्रम आयोजना हुने भएको छ । नगदेशमा क्रियाशिल युवा क्लवको आयोजनामा उक्त रक्तदान कार्यक्रम हुन लागेको हो ।
मानवीय कार्यमा सहभागी बनौं भन्ने मूल नाराका साथ आयोजना हुने रक्तदान कार्यक्रममा कम्तीमा ५० जनाले रक्तदान गर्ने गरी तयारी गरिएको क्लवका सचिव सरिना बाडेले जानकारी दिनुभयो ।
रक्तदान कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, जिल्ला समन्वय समिति भक्तपुरका उपप्रमुख सुजाता बादे, मध्यपुर थिमिका वडाअध्यक्षहरुको समेत सहभागिता रहने बताईएको छ ।
रक्तदान कार्यक्रमलाई नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा भक्तपुरले आवश्यक प्राविधिक सहयोग गर्नेछ ।
क्लवले विभिन्न सामाजिक कार्य गर्नेक्रममा बाढी पहिरोलगायतका विपद्का घटनाका कारण देखिएको रगतको अभावलाई परिपुर्ती गर्न रक्तदान कार्यक्रम आयोजना गरिएको क्लवका रोहन सलाजुले बताउनुभयो ।