कोलम्बिया कोपा अमेरिका कप २०२४ को फाइनल प्रवेश

भक्तपुर, असार २७
कोलम्बिया कोपा अमेरिका कप २०२४ को फाइनल प्रवेश गरेको छ । अमेरिकाको नर्थ क्यारोलिनास्थित बैंक अफ अमेरिका रंगशालामा आज (बिहिवार) बिहान सम्पन्न सेमिफाइनलमा कोलम्बिया १५ पटकको च्याम्पियन उरुग्वेलाई १–० गोल अन्तरले पराजित गर्दै कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको हो ।
पहिलो हाफको ३९औँ मिनेटमा जेफ्रिसन लिर्माले गरेको गोल नै कोलम्बियालाई उपाधि नजिक पु¥याउन पर्याप्त बन्यो ।


पहिलो हाफको अतिरिक्त समयमा कोलम्बियाका डानियल मुनोज रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि कोलम्बिया १० खेलाडीमा सिमित भएको थियो । त्यसपछि निकै आक्रामक खेल खेलेको उरुग्वेले गोल गर्न सकेन ।
कोलम्बियाले पानामालाई ५–० ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो । पछिल्ला २७ खेलमा अपराजित कोलम्बिया २३ वर्षपछि कोपा उपाधि जित्ने योजनामा छ । कोलम्बियाले २००१ मा पहिलो पटक कोपा जितेको छ ।
कोलम्बियाले उपाधिका लागि १५ पटकको विजेता अर्जेन्टिनाको सामना गर्नेछ । साविक विजेता अर्जेन्टिना क्यानाडालाई २–० ले पराजित गर्दै उपाधि नजिक पुगेको हो । फाइनल आइतवार बिहान हुनेछ ।