मिसेस व्यूटी क्वीन नेपाल २०२४ अडिसन सम्पन्न

भक्तपुर, असार २५
विगत १५ वर्षदेखि विभिन्न सौन्दर्य प्रतियोगिताहरूको आयोजना गर्दै आएको सिजन मिडियाले मिस मिसेस व्यूटी क्वीन नेपाल २०२४ सातौं संस्करणका लागि दोस्रो अडिसन सम्पन्न गरेको छ । उक्त अडिसनवाट १५ जना छनौट गरिएको छ ।
उपत्यका लगायत मोफसलका विभिन्न ठाउँवाट काठमाण्डौं आउनु भएका १९ वर्षदेखि ५० वर्ष सम्मका विवाहित महिलाहरुलाई मध्यनजर गर्दै उक्त कार्यक्रम आयोजना गर्न लागिएको सिजन मिडियाका कार्यक्रम निर्देशक रेजिना तुलाधरले बताउनुभयो ।
विवाहित महिलाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, साथै उनीहरूको आन्तरिक क्षमता उजागर गर्न कार्यक्रम गर्न लागिएको उहाँले बताउनुभयो । उक्त प्रतियोगीताको अन्तिम प्रतिस्पर्धा साउनको अन्तिम साता काठमाण्डौंमा हुनेछ ।