मोडर्न स्कुल एण्ड कलेज ः विद्यार्थीको सुनौलो भविष्य निर्माण थलो

भक्तपुर, असार २०
भक्तपुरको दधिकोट र सल्लाघारीमा अवस्थित युनिभर्सल मोडर्न स्कुल एण्ड कलेज शिक्षाका साथै विद्यार्थीको प्रतिभा प्रस्फुटन गराउने र सुनौलो भविष्य निर्माण थलोको रुपमा विकास भएको छ । ज्ञानको दायरा फराकिलो बनाउँदैं व्यवहारिक र जीवनोपयोगी शिक्षामा जोड दिएसँगै मोर्डन विद्यार्थीको शिक्षाका साथसाथै प्रतिभा प्रस्फुटन गराउने थलोको रुपमा विकास भएको हो ।
निःसन्देह यस कलेजको पहिलो सर्त, गुणस्तरिय शिक्षा नै हो । आजको युगमा प्रतिस्पर्धा गर्न सक्ने योग्य, दक्ष जनशक्ति तयार गर्नु कलेजको ध्येय हो । त्यही अनुरुप कक्षा कोठालाई प्रविधियुक्त र पठन विधिलाई रचनात्मक बनाउँदै आएको मोर्डनका प्राचार्य अनिल कसपालले बताउनुभयो ।
“विद्यार्थीलाई शिक्षाका साथसाथै व्यवहारिक जीवन सुन्दर बनाउने कला पनि सिकाउनु जरुरी छ । उनीहरुले आज जे पढ्छन्, त्यो कुराले भोलिका दिनमा उनीहरुलाई सहज बनाउनुपर्छ । यसले ज्ञानको दायरा त फराकिलो बनाउनु पर्छ नै जीवनलाई अर्थपूर्ण पनि । यही मान्यतालाई शिरोधार गर्दै मोर्डन स्कुल एन्ड कलेजले जीवनोपयोगी शिक्षा प्रदान गर्दै आएको छ,” उहाँले भन्नुभयो ।
उहाँले मोर्डनको मूल विशेषता सस्तो शुल्कमा स्तरीय शिक्षा रहेको बताउनुभयो । यद्यपी विद्यार्थीलाई पढाईमा मात्र केन्द्रित नगरी उनीहरुको सर्वाङ्गीण विकासमा पनि जोड दिने गरेको कसपालले बताउनुभयो । “खेलकुद, साहित्य, कला मनोरञ्जन आदिको माध्यमबाट विद्यार्थीको क्षमता उजागर गर्न कलेजले नियमित कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । त्यसैले यो कलेज एउटा उर्बर धरातल पनि हो, आफ्नो कला र प्रतिभा प्रस्फुटन गराउने थलो हो, उहाँले भन्नुभयो ।
मोर्डन स्कुल एन्ड कलेजसँग योग्य, अनुभवी, सहृदयी शिक्षक समूह छन् । दिगो व्यवस्थापन यसको अर्को आकर्षण हो । शैक्षिक क्षेत्रमा खास योगदान दिने उदेश्यसाथ स्थापित भएको कलेजले २१ औं शताब्दीका लागि प्रतिस्पर्धी जनशक्ति तयार गर्न प्रविधिमैत्री पठन विधिलाई आत्मसात गरेको छ । यस शैक्षिक संस्थाअन्तर्गत कक्षा ११ र १२ मा कानुन र व्यवस्थापन संकाय पठनपाठन हुन्छ । हाल स्नातक तहअन्तर्गत बिएलबिएस सञ्चालनमा छ भने भविष्यमा थप अरू विषयहरू सहित स्नातक र स्नातकोत्तर तहहरू सञ्चालन गर्ने व्यवस्थापकको तयारी रहेको कसपालले जानकारी दिनुभयो ।
विद्यार्थीको बलियो भविष्यको आधार गुणस्तरीय शिक्षा भन्ने अठोटका साथ मोडर्न स्कुल एण्ड कलेजले आफ्नो छुट्टै शैक्षिक सञ्जाल बिस्तार गरिरहेको छ । आफ्नै भवनको साथमा डिजिटल कक्षा कोठा, सुविधा सम्पन्न कम्प्युटर ल्याब, यातायात जस्ता सुविधा यस स्कुलमा छन् ।
नतिजामुखी पढाईका साथमा अतिरिक्त गतिविधिलाई पनि प्राथमिकता दिदै आएको कलेजले विद्यार्थीलाई फुटसल, बास्केटबल, व्याटमिन्टन, भलिबल, क्रिकेट जस्ता खेलमा सहभागी गराउँदै आएको छ । यस्तै शैक्षिक भ्रमण, स्थलगत भ्रमण, सामाजिक सेवामा पनि विद्यार्थीलाई सरिक गराउँदै आएको छ ।
आर्थिक अभावकै कारण कुनैपनि विद्यार्थीले पढाईबाट वञ्चित हुन नपरोस भनी कलेजले सरकारीबाहेक छुटै छात्रवृत्ति पनि दिने गरेको छ । गरिब, जेहेन्दार, प्रतिभाशाली विद्यार्थीले यहाँ छात्रवृत्ति पाउन सक्छन् ।
सफलता प्राप्त गर्न मात्र होइन, त्यस क्रममा आइलाग्ने चुनौतीहरुसँग जुध्न र सामना गर्न पनि जान्नुपर्छ भन्ने मान्यताका साथ विद्यार्थीलाई विभिन्न गतिविधिमा सहभागी गराउँदै उनीहरुको क्षमता विकासमा टेवा पुर्याइरहेको कसपालले बताउनुभयो । “यो कलेज एक दिगो र दूरदृष्टिका साथ स्थापना गरिएको हो । भोलिका दिनमा यही संस्था अन्र्तगत स्नातकोत्तर र विश्वविद्यालयसम्म सञ्चालन गर्ने व्यवस्थापकको तयारी छ,” उहाँले भन्नुभयो ।