सूर्यविनायकको प्रमुख प्राथमिकतामा कृषि

भक्तपुर, असार ९
सूर्यविनायक नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा कृषि र पर्यटनलाई प्रमुख प्राथमिकतामा राखेको छ । नगर प्रमुख बासुदेव थापाले आगामी आर्थिक वर्ष २०८१÷८२ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषि र पर्यटनलाई प्रमुख प्राथमिकतामा राखिएको हो ।
सूर्यविनायक नगरपालिकाले विस्थापित हुने क्रममा रहेको कृषि पेशाको संरक्षण, बिकास एवं बिस्तार गरी कृषिलाई व्यवसायीकरण गर्ने र उत्पादन बढाउने नीति लिएको हो । यसका लागि कृषी भूमिको संरक्षण, माटो परिक्षण, बिउबिजन, मल, सिंचाई र यान्त्रिकीकरण लगायतको कार्यक्रम अघि सारिएको छ ।
सूर्यविनयकले वास्तविक किसानको तथ्यांक संकलन गर्ने, परिचय पत्र उपलब्ध गराउने र कृषिमा अनुदान दिने नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ भने क्रिशीजन्य रोजगारी प्रवद्र्धन गर्ने पनि उल्लेख गरिएको छ । सूर्यविनायक नगरलाई फूल, दुध, मासु र अण्डाको हवको रुपमा विकास गर्ने नीति तथा कार्यक्रममा भनिएको छ ।
पर्यटन प्रवद्र्धनमा निजी क्षेत्रसंग सहकार्य गर्ने नीति लिएको सूर्यविनायक नगरपालिकाले शिव सर्किटलाई थप व्यवस्थित गरी धार्मिक पर्यटकलाई नगरसँग जोड्ने नीति पनि लिएको छ । “धार्मिक सास्कृतिक परिपथ्को बिकास र रैथाने उत्पादनमा आधारित होम्स्टे र ग्रामिण पर्यटन प्रवर्द्धन गरिनेछ,” नीति तथा कार्यक्रममा भनिएको छ ।


नगरपालिकाले बेरोजगारको तथ्यांक लिने र स्थानीय रोजगारी सृजना गर्ने नीति लिंनुका साथै नगर प्रमुख स्वरोजगार अभियान चलाउने समेत सार्वजनिक गरेको छ । त्यसैगरी रोजगारी संग सहकारी कार्यक्रम अघि सारिएको छ ।
सूर्यविनायकाले शिक्षामा पनि सिक्दै कमाउदैं नीति लिएको छ भने वडा नम्बर ७ मा इञ्जिनियरिङ्ग र नर्सिङ्ग कलेज संचालन गरिने कार्यक्रम अघि सारेको छ ।

“नगरपालिकाको रफ्तार, स्वास्थ्य सेवामा बिस्तार भन्ने नाराका साथ् नगर अस्पातललाई सुविधा सम्पन्न बनाउने, नागरिकको निशुल्क बिमाका लागि कोष स्थापना गर्ने, नागरिक संग मेयर स्वास्थ्य कार्यक्रम संचालन गरी स्थानीयको घर आगनमै घुम्ती स्वास्थ्य सेवा पुर्याउने नीति तथा कार्यक्रम मेयर बासुदेव थापाले सार्वजनिक गरेका छन् ।
यसैबीच सभाको बैठकले नगरसभासद सानुकाजी कायस्थले नगरको नयाँ निशानी छाप तथा नगर प्रवक्ता रविन्द्र सापकोटाले नगर गान सम्बन्धी प्रस्ताव प्रस्तुत गर्नु भएको सो प्रस्ताव नगरसभाले पास गरेको छ । नगर राजपत्रमा सूचना प्रकाशित भएसंगै यो नगरपालिकाको नयाँ लोगो र नगरगान लागू हुने प्रवक्ता रविन्द्र सापकोटाले जानकारी दिनुभयो ।