टि–२० विश्वकप, दक्षिण अफ्रिकाले दियो ११६ रनको लक्ष्य

ST VINCENT, SAINT VINCENT AND THE GRENADINES - JUNE 14: Reeza Hendricks of South Africa bats as Aasif Sheikh of Nepal keeps during the ICC Men's T20 Cricket World Cup West Indies & USA 2024 match between South Africa and Nepal at Arnos Vale Ground on June 14, 2024 in St Vincent, Saint Vincent and The Grenadines. (Photo by Matthew Lewis-ICC/ICC via Getty Images)

भक्तपुर, असार १
आइसिसी टि–२० विश्वकपमा दक्षिण अफ्रिकाले नेपाललाई ११६ रनको लक्ष्य दिएको छ । नेपाली स्पिनरहरुको उत्कृष्ट बलिङ गरेपछि टस हारेर पहिले ब्यटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११५ रन बनाएको हो ।
ओपनर रिजा हेन्ड्रिक्सले ४९ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ४३ रन बनाए । ओपनर क्विन्टन डि कक १०, एडेन माक्ररम १५, हेनरिक क्लासेन ३, डेविड मिलर ७ र ट्रिस्टन स्टब्सले २७ रन बनाए ।
नेपालका लागि कुशल भुर्तेलले ४ ओभरमा १९ रन दिएर ४ विकेट लिए । दीपेन्द्रले ४ ओभरमा २१ रन मात्र खर्चिएर ३ विकेट लिए । सन्दिप लामिछानेले ४ ओभरमा विकेटविहिन रहेपनि १८ रन मात्र दिए । अविनाश बोहोराले ३ ओभरमा १९ रन मात्र दिए । कुशल मल्ले २ ओभरमा १७ रन दिए । एक ओभर मात्र बलिङ गरेका करन केसीले ९ रन खर्चिए । सोमपाल कामीले २ ओभरमा १ मेडन सहित ६ रन दिए ।
खेलमा नेपाली स्पिनरहरुको उत्कृष्ट बलिङ प्रदर्शन सहित दक्षिण अफ्रिकालाई दवाबमा राखेका थिए । कप्तान रोहित कुमार पौडेलले दोस्रो ओभरमा नै दीपेन्द्र सिंह ऐरीलाई बलिङ अट्याकमा ल्याउँदै स्पिनबाट नै सुरुवात गराएका थिए ।
अघिल्लो चरण प्रवेशको सम्भावनालाई जीवित राख्न पनि नेपालले आजको खेल जित्नै पर्ने हुन्छ । दक्षिण अफ्रिकासँग हारको सामना गर्नु परेमा नेपाली टोली बंगलादेशको सामना गर्नुअघि नै विश्व कपबाट बाहिरिने छ । समूहमा बंगलादेश ४ अंकसहित दोस्रो स्थानमा छ । नेदरल्यान्ड्सको २ अंक छ ।