अमेरिका टि–२० विश्वकपको सुपर –८ मा प्रवेश, पाकिस्तान बाहिरियो

भक्तपुर, असार १
अमेरिका आइसीसी टि–२० विश्वकपको सुपर –८ मा प्रवेश गरेको छ । वर्षाले शुक्रवार राती अमेरिका र आयरल्याण्डको खेल हुन नसकेपछि अमेरिका सुपर–८ मा प्रवेश गरेको हो । अमेरिकाको सुपर–८ प्रवेशले उपाधि दावेदार पाकिस्तान समूह चरणबाटै बारिहएको छ ।
समूह ए मा अमेरिकासँगै भारत सुपर –८ मा प्रवेश गरेको छ । भारतको ३ खेलबाट ६ अंक रहेको छ । अमेरिकाको ४ खेलबाट ५ अंक भएको छ । पाकिस्तानको ३ खेलबाट २ अंक छ । उसले अन्तिम खेलमा आयरल्याण्डलाई पराजित गरेपनि अमेरिका भन्दा पछि पर्नेछ ।
सुपर–८ मा पुगेसँगै २०२६ को टि–२० विश्वकपमा पनि अमेरिकाले स्थान बनाएको छ । यस संस्करणमा सह–आयोजक हुँदा अमेरिकाले सोझै विश्वकप खेल्ने अवसर पाएको थियो । डेब्यू विश्वकपमा सानदार प्रदर्शनका साथ सुपर–८ मा स्थान बनाएको हो । अमेरिकाले क्यानडालाई ७ विकेट र पाकिस्तानलाई सुपर ओभरमा हराएको थियो ।
समूह सी बाट अफगानिस्तान र वेष्टइण्डिज सुपर–८ मा पुगेका छन् । समूह बी बाट अष्ट्रेलिया ३ खेलमा ६ अंकका साथ सुपर–८ मा स्थान पक्का गरेको छ । स्कटल्यान्ड र इंग्ल्यान्डबीच सुपर–८ मा स्थान बनाउन समूह बी मा प्रतिस्पर्धा छ ।
त्यस्तै समूह डी मा दक्षिण अफ्रिका ३ खेलमा ६ अंकका साथ सुपर ८ मा पुगेको छ । समूह डी मा बंगलादेश, नेदरल्यान्ड्स र नेपाल पनि सुपर ८ को दौडमा छन् ।