मध्यपुर थिमि नगरपालिका कपमा एभरेष्टको शानदार जित, विनायक र भक्तपुर निष्ट पनि विजयी

भक्तपुर, जेठ १९
सातौं मध्यपुर थिमि नगरपालिका कप फुटबल प्रतियोगितामा शनिवार सम्पन्न तीन खेलमा विनायक शिक्षा निकेटन, एभरेष्ट इङ्गलिस बोर्डिङ स्कुल र भक्तपुर निष्ट विजयी भएका छन । मध्यपुर थिमि नगरव्यापी विद्यलयस्तरीय प्रतियोगितामा विनायकले ग्लाड स्टोन, एभरेष्टले नवरत्न र भक्तपुर निष्टले एमिनिटी इङ्गलिस स्कुललाई पराजित गरेको हो ।
मध्यपुर थिमि नगरपालिकाको प्रायोजनमा मध्यपुर युथ एशोसियसनले आयोजना गरेको प्रतियोगितामा विनायकले ग्लाड स्टोनलाई ३–० ले पराजित गरे । खेलमा विनायकका जर्सी नं. ९९ का प्रिन्स राजवहाकले म्यान अफ दि म्याच अवार्ड जिते ।
अर्को खेलमा एभरेष्टले नवरत्नलाई ५–० ले पराजित गरे । खेलमा एभरेष्टका जर्सी नं. १० का दिपेश श्रेष्ठ म्यान अफ दि म्याच बने ।
सानो थिमिस्थित एशोसियसनको खेल मैदानमा जारी प्रतियोगितामा भक्तपुर निष्टले एमिनिटीलाई ३–१ गोलले पराजित गरे । खेलको म्यान अफ दि म्याच एभरेष्टका जर्सी नं. ७ का प्रतिक केसी घोषित भए ।