थिमिको निगु पुखुःमा डुबेर एकको मृत्यु

प्रतिकात्मक तस्विर

भक्तपुर, बैशाख २
मध्यपुर थिमि ४ स्थित निगु पुखुः (दुई पोखरी)मा आइतवार डुबेर एक जनाको मृत्यु भएको छ । पोखरीको डिलमा घाम ताप्न बसेका स्थानीय ५० वर्षिय तुईलाल श्रेष्ठ अचानक पुखुःमा खस्न गई डुबेर मृत्यु भएको हो ।
श्रेष्ठ पुखुःमा खस्ने बित्तिकै स्थानीयले तत्काल उद्धार गरी नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल लगिएको थियो । त्यही उनको उपचारको क्रममा मृत्यु भएको प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डिएसपी राजन कार्कीले बताउनुभयो ।
मृतक श्रेष्ठको शव पोष्टमार्तमका लागि केएमसी अस्पताल दुवाकोट पठाएको उहाँले जानकारी दिनुभयो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।