राधेराधेस्थित हनुमन्ते खोलामा युवक मृत फेला

भक्तपुर, फागुन २१
भक्तपुरको राधेराधेस्थित हनुमन्ते खोलामा एक युवक मृत अवस्थामा फेला परेको छ । इलामको इलाम नगरपालिका ३ घरभई हाल काठमाण्डौं कोटेश्वर तिनकुने बस्ने २६ वर्षिय छत्र थापा मृत फेला परेको हो ।
उनी खोलाको बिचमा बा. ८६ प. ९७३० नं. को स्कुटीसहित उत्तानो अबस्थामा मृत फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक .डिएसपी) बसन्त पाठकले बताउनुभयो ।
घटनास्थलमा प्रहरी वृत्त थिमिको प्रहरी अधिकृत सहितको टोलीले अनुसन्धान शुरु गरेको बताउँदैं डिएसपी पाठकले थापाको शव पोष्टमार्टमको लागि के.एम.सी. अस्पताल दुवाकोट पठाएको जानकारी दिनुभयो ।