पूर्ण स्तनपान प्रबद्र्धनका लागि अभिमुखीकरण

भक्तपुर, फागुन ४
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरले पूर्ण स्तनपान प्रबद्र्धनका लागि आमा समूह र स्वास्थ्यकर्मीहरुलाई शुक्रवार अभिमुखीकरण गरेको छ । केन्द्रले भक्तपुर नगरपालिकाका आमा समूहका प्रतिनिधि, भक्तपुर अस्पताल र सिद्धि स्मृति महिला तथा बाल अस्पतालका खोप लगाउने, बालबालिकाको बृद्धि अनुगमन गर्ने र बर्थिङ सेन्टरमा कार्यरत स्वास्थ्यकर्मीहरूलाई स्तनपान सम्बन्धी अभिमुखीकरण गरेको हो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले प्राकृतिक चिकित्साले नगरबासीहरुको स्वास्थ्य प्रबद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने भएकोले आयुर्वेदसम्बन्धी कार्यक्रमहरुले नगरबासीहरुको जीवन स्वस्थ बनाउन सहयोग गरिरहेको बताउनुभयो । उहाँले नेपालीहरुको दैनिक खानपानका कारण स्वास्थ्यसम्बन्धी विभिन्न समस्या आइरहेको बताउँदैं नगरपालिकाले स्वास्थ्य सँगसँगै अनुसन्धानलाई पनि जोड दिंदै आएको जानकारी दिनुभयो ।


जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, भक्तपुरको सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष राजु प्रसाद अधिकारीले पूर्ण स्तनपान प्रबद्र्धनको लागि स्वास्थ्यकर्मीहरुलगायत स्थानीय आमा समूहको भूमिका अपरिहार्य रहेको बताउँदैं नवजात शिशुहरुको शारीरिक तन्दुरुष्टी र मानसिक विकासको लागि आयुर्वेदका साथै पूर्ण स्तनपानको आवश्यकता माथि प्रकाश पार्नुभयो ।
कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका कार्यालय प्रमुख डा. नरेन्द्र प्रसाद गिरीले केन्द्रले दिइरहेको स्तनपायी आमा कार्यक्रमका सेवा प्रवाहबारे जानकारी दिँदैं शिशुहरुको स्वास्थ्यको लागि पूर्ण स्तनपानलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।
जिल्ला स्वास्थ्य केन्द्र निमित्त कार्यालय प्रमुख शान्तिराम खतिवडा, भक्तपुर नपाका स्वास्थ्य संयोजक डा. रत्नसुन्दर लासीवाले पूर्ण स्तनपानको महत्वमाथि आ–आप्mनो धारणा राख्नुभएको थियो ।