बोडेको श्रीमहालक्ष्मी साकोसको रजत महोत्सवमा विविध कार्यक्रम

भक्तपुर, मंसिर २२
मध्यपुर थिमि नगरपालिका–९ स्थित ऐतिहासिक नगरी बोडेमा अवस्थित श्रीमहालक्ष्मी वचत तथा ऋण सहकारी संस्था लि. स्थापना भएको २५ वर्ष भएको छ । यस अवसरमा सहकारीले शुक्रवार साँझ बोडेमा सुकुन्दा ¥याली गर्नुका साथै धार्मिक महत्वको महालक्ष्मी मन्दिर परिसरमा दिप प्रज्वलन गरेको छ ।
यसअघि संस्थाको प्राङ्गणमा पत्रकार सम्मेलन गर्दै संस्था स्थापनाको रजत महोत्सवको अवसरमा विविध कार्यक्रम गरी मनाईने जानकारी दिईयो । संस्थाका व्यवस्थापक ईन्द्रहरि बुढाले २५ दिनसम्म संस्थामा दिपावली गर्ने, २५ औं साधारण दिवसको दिन सहकारी सन्देश तथा नाराहरुको प्लेकार्डसहित प्रभातफेरी कार्यक्रम सञ्चालन गर्ने, सहकारी विज्ञ तथा सामाजिक क्षेत्रमा योगदान गर्नुहुने व्यक्तिहरुलाई अभिनन्दन गर्ने, बोडेको नाममा वेभ साइड निर्माण गर्ने, संस्थाको सेवा सुविधाहरु र कार्यक्रम समेटिने वृत्तचित्र निर्माण गर्नेलगायतका कार्य गर्ने जानकारी दिनुभयो ।
उहाँले संस्थाको रजत महोत्सवको अवसरमा कुमारी मन्दिर परिसरमा बाल चित्रकला प्रतियोगिता, खुल्ला रक्तदान, कुमारी देवीको पुजा अर्चना सम्पन्न गरिसकेको बताउनुभयो ।


संस्थाका अध्यक्ष कृष्ण कुमार श्रेष्ठले २९ जनाको भेलाले प्रति व्यक्ति १० हजार जम्मा गरेर शुरु गरिएको संस्थाको हाल ६ करोड ७१ लाख ४७ हजार शेयर पुँजी, ९ करोड ९५ लाख १८ हजार संस्थागत पुँजी र ९० करोड ७३ लाख २२ हजार कूल सम्पत्ति रहेको जानकारी दिनुभयो ।
उहाँका अनुसार संस्थाको जगेडा कोषमा ३ करोड २१ हजार, अन्य कोषमा ९ करोड २१ लाख ९३ हजार, कुल वचत ६७ करोड ३४ लाख ३८ हजार, ऋण लगानी ५३ करोड ९७ लाख ४६ हजार र तरलता ८ करोड ४५ हजार रहको छ ।
संस्थाका सल्लाहकार विनोद खम्बुले तत्कालिन अवस्थामा स्थानीय साहुमहाजनले गरिवलाई ऋण दिने बहानामा चर्को व्याजदर असुल्ने प्रवृत्ति रहेको अवस्थामा बोडेका स्थानीय कर्मचारी र व्यवसायीहरु संगठित भएर एक अर्कामा सहकार्य गर्ने र एकले अर्कोलाई आर्थिक सहयोग गर्ने उद्देश्यले संस्था स्थापना गरेको जानकारी दिनुभयो ।
उहाँले संस्थाले २५ वर्षको इतिहासमा अनेक आरोह अवरोह पार गरेको र कुनै बेला संस्था बन्द हुने होकी भन्ने आशंकाबाट समेत गुज्रिएको जानकारी दिँदैं स्थानीय भद्रभलाद्मी र निक्षेपकर्ताको आपसी विश्वास र सहकार्यले संस्थाका आजको अवस्थाको पुगेको बताउनुभयो ।
संस्थाका अर्का सल्लाहकार श्यामकृष्ण खम्बुले देशभरका केही सहकारी संस्थाका सञ्चालक र व्यवस्थापकको बदमासीका कारण उत्पन्न समस्या देखाएर ३२ हजार भन्दा बढी सहकारी संस्था सबैको बदनाम गर्न खोजिएको भन्दै आक्रोश पोख्नुभयो ।
उहाँले सहकारीका ईमान्दारितालाई उजागर गर्न नसक्नु दुःखद भएको बताउँदैं यसमा सञ्चारमाध्यम, सहकारी अभियन्ता र विज्ञहरुले पनि सहकारीको पक्षमा बहश पैरवी गर्न नसकेको गुनासो गर्नुभयो ।