मनोहरामा बाढी, सतर्कता अपनाउन मौसम विभागको आग्रह

भक्तपुर, भदौ २८
जल तथा मौसम विभागले काठमाण्डौं उपत्यकाको बागमती र यसका सहायक नदी तटीय क्षेत्रमा रहनेहरु र जदी किनारको सडकबाट यात्रा गर्नेहरुलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
विभागले काठमाण्डौं र भक्तपुरको सिमाना भएर बग्ने मनोहरा खोलाले ललितपुरको बालकुमारीमा जलसतह सतर्कता तह पार गरेको र बढ्दो रहेको जनाउँदैं बागमती नदीमा पनि जलसतह सतर्कता नजिक रहेकोले यसका सहायक नदी तटीय क्षेत्रमा रहनेहरु र जदी किनारको सडकबाट यात्रा गर्नेहरुलाई सतर्कता अपनाउन आग्रह गरेको हो ।
गएराती परेको मेघगर्जनसहितको भारी वर्षाका कारण काठमाण्डौं उपत्यकाको मनोहरा, बागमतीलगायतका नदीहरुमा आएको बाढी बढ्दो क्रममा रहेको छ ।