भक्तपुर, साउन १
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सञ्चार क्षेत्रलाई मर्यादित र विश्वासयोग्य बनाउन सम्पादक र सञ्चालक दुवैको उत्तिकै भूमिका रहने बताउनुभएको छ । काउन्सिलद्वारा आइतबार आयोजित पत्रकार आचारसंहिता अभिमुखीकरण कार्यक्रममा उहाँले मिडियाका सञ्चालक तथा सम्पादकहरूले आचारसंहिताबारे जानकार रहन आग्रह गर्दै काउन्सिलले उपत्यकाका अनलाइन सञ्चारमाध्यमका सम्पादक÷सञ्चालकलाई आचारसंहिताबारे जानकारी दिलाउने उद्देश्यका साथ आयोजना गरेको बताउनुभयो ।
प्रेस काउन्सिल नेपालका सदस्य रामप्रसाद दाहालले पत्रकार, श्रमजीवी पत्रकारहरूको प्राप्त गर्ने सेवा सुविधा, यसका ऐन कानुनका बारेमा जानकारी दिँदैे राजनैतिक तथा सामाजिक परिवेशकै कारण पत्रकारहरू असुरक्षित बन्दै गइरहेको परिप्रेक्ष्यमा समाचार लेख्नुपूर्व केकस्ता समाचार सामग्री लेख्न हुने÷नहुनेबारे पत्रकार स्वयंले विचार पु¥याउनुपर्ने धारणा राख्नुभयो ।
प्रेस काउन्सिल नेपालका सदस्य दिपक पाण्डेले रहर र लहैलहैले मात्र असल पत्रकार बन्न नसकिने हुँदा कम्तीमा पनि बुझेर केही सिकेर मात्र पत्रकारिता क्षेत्रमा लागिएको खण्डमा यस क्षेत्रमा टिक्न र बिक्न सकिने सुझाव दिनुभयो ।
प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झबिन्द्र भुसालले हरेक पत्रकारले पत्रकार आचारसंहिता र निर्देशिकाबारे जानकारी राख्नुपर्ने बताउँदै पत्रकार आचारसंहिता र निर्देशिका पालना गर्नुपर्ने बताउँदै उहाँले आचारसंहिता उल्लंघनका कतिपय घटनाहरूबारे प्रस्तुति समेत गर्नुभएको थियो ।
दोस्रो चरणको छलफलमा गड्स मिडियाका सञ्चालक मनोज राईले पत्रकार सुरक्षा थ्रेट र सञ्चालकहरूले पत्रकार र सरकारी संयन्त्रबाट भोग्नेपरेका समस्याका बारेमा, नागरिक सेवा डटकमकी सम्पादक कान्ति न्यौपानेले पत्रकारले उठाइएका नागरिकका मुद्दाहरूका बारेमा, लालिगुराँस डटकमकी सम्पादक तथा ख मिडियाकी सञ्चालक सम्झना पौडेलले महिला पत्रकारहरूको समस्या र चुनौतिका बारेमा जिज्ञासा राख्नुभएको थियो ।
उहाँहरूको जिज्ञासालाई बोर्ड सदस्यद्वय रामप्रसाद दाहाल र दीपक पाण्डे, मुख्य अधिकृत झबिन्द्र भुसालले काउन्सिलका बारेमा जानकारी दिनुभएको थियो ।
कार्यक्रममा विभिन्न अनलाइन मिडियासम्बद्ध संस्थाका सम्पादक÷सञ्चालक तथा प्रेस काउन्सिल नेपालका विज्ञ समूह तथा कर्मचारीको सहभागिता रहेको थियो । तस्वीर ः विपुल पाण्डे