कोरा भक्तपुर साइक्लिङ च्यालेन्ज तेस्रो संस्करण असार ३० गते हुने

भक्तपुर, असार २९
कोरा भक्तपुर साइक्लिङ च्यालेन्जको तेस्रो संस्करण असार ३० गते शनिवार हुने भएको छ । साइकल कनेक्टको आयोजनामा हुने च्यालेन्जमा भक्तपुर जिल्लाको परिक्रमा गर्दै ५०, ७५ र १०० कि.मी को तीनवटा रूटमा साइकल यात्रीहरूले कोरा गर्नेछन् ।
यसवर्ष हाल सम्म ५१० जनाले भक्तपुर कोराको लागि नाम दर्ता गरिसकेको आयोजकले जनाएको छ ।
कोरा साइकल यात्रा विशुद्ध रूपमा साइकल चलाउने मात्र सिमित नभइकन एक वृहत साइकल जात्राको रूपमा राष्ट्रिय तथा अन्तराष्ट्रिय रूपमा परिष्कृत भएको कार्यक्रमका संयोजक सुमित बालाले बताउनुभयो ।
बिहान ६ बजे भक्तपुर दरबार स्वायरबाट शुरु हुने साइकल यात्रा बालाखु गणेश– त्रिपुरासुन्दरी– चोंछे– भोलाछें – महालक्ष्मी– थालाछें– सलागणेश– दत्तात्रय– गोल्मढी– तःमारी– भार्वचोसम्म पुरानो भक्तपुर नगरको परिक्रमा गरे पश्चात सिद्धपोखरी– चोंगा गणेश– नयाँ थिमी– बालकुमारी– बहाखा बजार– बोडे–निलबाराही– बेशीगाँउ– दधिकोट – चाँगुनारायण – त्रिशुल डाँडा– तेलकोट – नगरकोट – ल्हासापाके महामञ्जुश्री – खावा– नाला गुम्बा – भंगाल – लटलम्बेश्वर – सांगा – खाल्चोक – आशापुरी– रानीकोट – गुण्डु– गाम्चा– बालकोट– कौशलटार– लोकन्थली–सानोथिमी हुदै पुनः भक्तपुर दरबार स्वायर खौमाको ख्वप छेंमा आएर यात्रा सकिनेछ ।
साइकल यात्रीहरूको लागी नेपाल इन्जिनियरिङ कलेज क्यान्टिनमा ब्रेकफास्ट, हेभन हिल रिसोर्ट तेलकोट र फन्की हिल रिसोर्ट नगरकोटमा खानको व्यवस्था गरिएको छ ।


च्यालेन्जलाई सफल बनाउन नेपाल रेडक्रस भक्तपुर शाखा, भक्तपुर जेसिस, जुनियर जेसिस भक्तपुर, लियो क्लब अफ सूर्यविनायक, लियो क्लबको बनेपा काभ्रे, रोटर्याक्ट क्लब अफ भक्तपुर, रोटर्याक्ट क्लब मध्यपुर थिमी, इन्जिनियरिङ स्टुडेन्ट्स ग्रुप अफ भक्तपुर, साइकलिङ मैंचा टिम, डक्टर्स सोसाइटी भक्तपुरका साथ साथै विभिन्न स्थानका स्थानिय युवाहरूले स्वयंसेवीको रूपमा सहयोग गर्नेछ ।
त्यसैगरी भिलेज हाइल्यान्ड रिसोर्ट, रानीकोट, नेपाल इको प्यानेल, गणेश इलेक्ट्रिक सेन्टर, डेकोर डिजाइनर्स कन्स्ट्रक्सन, एस.के. हार्डवेयर, अनमोल ज्वेलर्स, हेभन हिल रिसोर्ट, रत्नागीरी रिसोर्ट, फन्की हिल रिसोर्ट, कमलविनायक पोलिक्लिनिक नेपाल इन्जिनियरिङ कलेज, के.टि.एम. बिल्डर्स, विजय पदम ज्यासः, जुरल कानूनी सेवा, त्याम्स आर्ट, श्याम मोटरसाइकल वर्कसप, भक्तपुर न्याचुरल ड्रिंकिङ वाटर, देशेमरू कन्स्ट्रक्सन, किङ्स कफी एण्ड क्याफे, एस.आर. बिल्डर्स, आई ट्रेक नेपाल, साख मार्ट, अलिना ह्यान्डीक्राफ्ट, अक्वा ख्वप,जेरो वान स्टुडियो, फोपाल स्टुडियो, ह्वाइट फ्लावर इनर्जी, शक्ति बेकरी, साकार फिड प्रडक्ट, टेल जी सुर्यविनायक, एडभन्चर हन्ट, ह्यास वान गेयर्स एण्ड एडभेन्चर, बाइक फार्म, प्याङ्क बाइक, यम्मी स्वायर, सैंजु जुजु धौ, क्विक डिजिटल, नेपा म्यजिक, स्टुडियो ट्राइटोन, ख्वप छें तथा जुजु वाइकले कार्यक्रममा आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराएको छ ।
च्यालेन्जको लागि जिल्ला प्रशासन कार्यालय भक्तपुर, भक्तपुर नगरपालिका, मध्यपुर थिमि नगरपालिका, चाँगुनारायण नगरपालिका, सूर्यविनायक नगरपालिका, जिल्ला प्रहरी कार्यालय भक्तपुर, ट्राफिक कार्यालय भक्तपुरले पनि सहयोग गरेको आयोजकले जनाएको छ ।
कोरा २०२३ को मुख्य उद्देश्य गत वर्ष टर्की र सिरियामा गएको विनाशकारी भुकम्प पिडितहरूको लागि सहयोग रकम संकलन गर्ने रहेको साइकल कनेक्ट भक्तपुरका अध्यक्ष निर्जला कोजुले बताउनुभयो ।


कोराको आधिकारिक दर्ता बमोजिम हाल सम्म ३३१८ जना साइकल यात्रीहरूले जम्मा १ लाख ७० हजार कि.मी. साइकल यात्रा गरेर २० लाख सहयोग रकम संकलनको लागी अठोट लिएको उहाँले जानकारी दिनुभयो । यो वर्ष कोरा, काठमाण्डौँ बाहेक नेपालको २० स्थान तथा अन्तराष्ट्रिय रूपमा ४ देशमा आयोजना गरिदैछ ।
भक्तपुर कोराको मुख्य उद्देश्य भक्तपुरमा साइकल संस्कृति तथा साइकल पर्यटन मार्फत जिल्लाको समग्र पहिचान राष्ट्रिय तथा अन्तराष्ट्रिय रूपमा उजागर गरेर स्थानिय अर्थतन्त्रमा सकारात्मक टेवा पुर्याउने रहेको कोजुले बताउनुभयो ।
भक्तपुर, काठमाडौँ, ललितपुर, बनेपा, पनौती, पोखरा, तनहुँ, धरान, भैरहवा, सुर्खेत, नेपालगन्ज, वीरगन्ज, चितवन, नवलरासी, बुटवललगायत शहरबाट साइकल यात्री सहभागी हुने छन् भने अमेरिका, र कतिपय युरोपीय राष्ट्रका साइकल यात्रीहरुको समेत सहभागिता रहने बताइएको छ ।
कोरा भक्तपुरको प्रथम संस्करणमा करिब ५० जना सहभागीले ५० कि.मी दुरी साइकल चलाएर यात्रा पुरा गरेका थिए । सन् २०२२मा आयोजित भक्तपुरको दोस्रो संस्करणमा ३५० जना भन्दा धेरै नेपाली तथा विदेशी साइकल यात्रीहरूले सहभागिता रहेको थियो, जसमा करिब ५० जनाले १०० कि.मी.को दुरी पुरा गरेका थिए ।