भक्तपुर बैशाख १५
मध्यपुर थिमि नगरपालिकाद्धारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले चालु आर्थिक वर्षको १० महिनामा एक लाख भन्दा बढीलाई सेवा प्रदान गरेको छ । नगरपालिकाको १५ औं स्थापना दिवसको अवसरमा शुक्रवार आयोजित कार्यक्रममा अस्पतालका निर्देशक डा. दिनेश कुमार (डि के) रौशनले अस्पतालले गत साउनदेखी चैत्र मसान्तसम्म एक लाख ४ हजार ८ सय २९ जनाले स्वास्थ्य सेवा लिएको जानकारी दिनुभएको हो ।
यस्तै अस्पतालले सोही अवधिमा १ लाख ७३ हजार ५ सय ९३ जनाले ल्यावको सेवा प्रदान गरेको छ भने ३३ हजार ५८ जनाले एक्सरे, ६ हजार ५ सय ५४ जनाले ईसिजि, १० हजार ९ सय ७१ जनाले युएसजी, ५ सय १२ जनाले इन्डोस्कोपी सेवा लिएको डा. रौशनले बताउनुभयो ।
त्यसैगरी ७ सय २३ जनाले विभिन्न रोगको शल्यक्रिया गरेको अस्पतालले २ हजार ३ सय ५ जनालाई आईपिडि र ५ हजार ४ सय ६२ जनालाई ईआर सेवा उपलब् गराएको डा. रौशनले जानकारी दिनुभयो ।