माझखण्ड बुद्ध विहारमा नव प्रव्रजित श्रामणेरहरू बीच चित्रकला प्रतिकला

ललितपुर, चैत २७ गते ।

माझखण्ड बुद्ध विहारमा प्रव्रजित भएका नव श्रामणेरहरुलाई उमेर अनुसार दुई समूहमा विभाजन गरी चित्रकला प्रतियोगीता गरिएको छ । अनागारिका ञाणवती गुरुमाले श्रामणेरहरुलाई बुद्ध धर्म सम्बन्धी ज्ञान लगायत व्यवहारिक ज्ञानमा रिस उठेमा के गर्ने तथा नरिसाएमा के फाइदा हुन्छ भनी सिकाउनु हुँदै एकदिन अगाडि पोखरी डाँडासम्म चंक्रमण जाँदा देखेको आफूलाई मनपर्ने दृष्यको बारे चित्रकला प्रतियोगिता गराउनु भएको थियो ।


चित्रकलामा ७ देखि १० वर्ष र ११ देखि १५ वर्ष गरी २ समूहमा प्रतियोगिता गरीएको थियो । प्रतियोगितामा कम उमेर समूहमा रेवद स्याङ्गताङ्ग प्रथम, आदित्य बोन दुतिय र रबिन थापामगर तृतीय भएको थियो भने अर्को समूहमा जेनिश महर्जन प्रथम, सुजन बाज्यू दुतिय र प्रज्वल बज्राचार्य तृतीय भएको थियो ।
बढी उमेर समूहका विजेताहरुलाई विहारप्रमुख एवं निस्रयाचार्य भिक्षु बोधिज्ञान महास्थविरले पुरस्कार प्रदान गनुभएको थियो भने कम उमेर समूह विजेताहरुलाई निस्रयाचार्य थाई भिक्षु कित्ति फोङले पुरस्कार प्रदान गर्नुभएको थियो ।