भक्तपुर क्षेत्र नं. २ प्रदेश सभा २ राजेन्द्रमानलाई ९६ मतको अग्रता

भक्तपुर, मंसिर ७
भक्तपुर क्षेत्र नं. २ को प्रदेश सभा २ मध्यपुर थिमिमा लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार नेकपा एकिकृत समाजवादीका डा. राजेन्द्रमान श्रेष्ठले झिनो मतको अग्रतालाई कायम राख्नुभएको छ । पछिल्लो मत परिणाम अनुसार कलम चिन्हका राजेन्द्रमान प्रतिष्पर्धी नेकपा एमालेका चन्दनकृष्ण श्रेष्ठ भन्दा ९६ मतले अघि रहनुभएको छ ।
राजेन्द्रमानले ५ हजार ६०३ मत प्राप्त गर्नुभएको छ भने चन्दनकृष्णले ५ हजार ५०७ मत प्राप्त गर्नुभएको छ ।
यस्तै नेमकिपाका रमेश वैद्यले ४ हजार ४७५, राप्रपाका पञ्चकृष्ण श्रेष्ठले २ हजार ६८५, राप्रपा नेपालका श्रीकृष्ण नेपालले २०५ मत प्राप्त गरेका छन ।