घरघरमा लक्ष्मीपुजा गरी दिपावली गरिँदैं

भक्तपुर, कार्तिक ७
नेपालीहरुको दोस्रो ठूलो पर्व तिहार अर्थात यमपञ्चकको अवसरमा आज (सोमवार) साँझ धनधान्यकी देवी लक्ष्मीको श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरेका छन । बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यता अनुरुप सबैतिर सफासुग्घर गरी लक्ष्मीपुजाका साथ घरको दैलो, संघार, झ्याल, ढोका, कौसी, अटाली, भ¥याङलगायतका ठाउँमा झिलिमिली बत्ति बाली दिपावली गर्नुका साथै लक्ष्मीको स्वागत गरेका छन । घरघरमा मात्र होइन कार्यालयहरुमा समेत लक्ष्मीपुजा गरी धनधान्यको कामना गरेका छन ।

लक्ष्मीपुजा तिहारको तेस्रो दिन औंसीको राती गरिन्छ । तर यसवर्ष तिथि घटबढ र मंगलवार सूर्य ग्रहण समेत परेका कारण पञ्चांग निर्णायक समितिले आज कार्तिक कृष्ण चतुर्दशीका दिन बिहान कुकुर तिहार मनाउने र साँझ लक्ष्मीको पुजा गर्नुपर्ने जनाएको हो । सोही अनुसार आज लक्ष्मी पुजा गरिएको हो । केहीले भने भोली मंगलवार लक्ष्मी पुजा गर्ने निर्णय गरेका छन ।
लक्ष्मीपूजाको रातलाई सुखरात्रि पनि भन्ने गरिन्छ । मूलद्वारदेखि लक्ष्मी स्थापना गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले पोतेर चामलको पीठो एवम् अबीरले लक्ष्मीको पैताला बनाई केराको सुत्लामा बत्ती बाल्ने चलन छ ।
गृहिणीहरू साँझ दीपावली गरिसकेपछि लक्ष्मी थापेर गरगहना, पैसा, धान, चामल, फलफूल, रोटी र फूलमाला चढाई लक्ष्मीको मूर्ति वा तस्बिरमा पूजा गर्दछन् ।
लक्ष्मीपूजासँगै लक्ष्मीको प्रतीक मानी छोरीहरूको पूजा गर्ने पनि चलन छ । लक्ष्मीपूजा गरेपछि त्यस दिन आफूसँग भएको पैसा वा अन्य पदार्थ बाहिर पठाएमा लक्ष्मी बाहिर जान्छिन् भन्ने जनविश्वास छ ।
लक्ष्मीपुजा गरिसकेपछि आजको दिन विशेष गरी महिलाहरु समूहमा जम्मा भई भैली खेल्ने प्रचलन छ । केही दशक यता पुरुषहरुले पनि भेली खेल्ने प्रचलन बढेको छ ।
तिहार र लक्ष्मीसंग जोडिएका किवदन्तीहरुमा थुप्रै मिथक छन् । हिन्दु धर्ममा देवी–देवताको संख्या धेरै छैन, तर थरि–थरिका मान्यता र मिथकले भरिपूर्ण छ । तिहार लक्ष्मी देविको पर्वका रुपमा मानिन्छ । देवि लक्ष्मीसँग जोडिएको विभिन्न किसिमका मिथक छन् ।


रातो कपडा, गहनाले सजिएकी, कमलमा बसेकी, सुन र अन्नले भरिएका भाडा हाथमा लिएकी लक्ष्मी सुख, समृद्धि, शक्तिकी देवि हुन् । उनी सम्मोहक र चंचल छिन् । लक्ष्मीलाई हमेशा साथ राख्न एक सतत संघर्ष हो । दूर्लभ र बहुमुल्य हाथ उनीमाथि पानी फाल्छन् । उनको नजिकै जुम्ल्याहा बहिनी अलक्ष्मी बस्छिन, जो गरीव, दुख र दूर्भाग्यकी देवि हुन् ।
धार्मिक कथन अनुसार लक्ष्मीको सम्बन्ध मिष्ठान्नसँग हुन्छ, जव कि अलक्ष्मीको सम्बन्ध कवाडी बस्तुसँग । यही कारण हो कि, मिठाई घरको भित्र राखिन्छ तथा कागती र खुर्सानी घरको बाहिर झुन्डाईन्छ । लक्ष्मी मिठाई खान घरको भित्र आउँने र अलक्ष्मी ढोकामा झुन्ड्याएको कागती र खुर्सानी खान्छिन्, अनि खुसी भएर फर्किन्छन् ।


लक्ष्मीका दुई रुप छन्, भूदेवि र श्रीदेवि । भूदेवी धर्तीकी देवि हुन्, श्रीदेवि स्वर्गकी देवि । पहिलो उर्वरासँग जोडिएकीछिन, दोस्रो चाहिँ महिमा र शक्तिसँग । भूदेवि सुन र अन्नका रुपमा बर्षा गर्छिन । अर्की चाहिँ शक्ति, समृद्धि र पहिचान दिन्छिन् । भूदेवि सरल र सहयोगी पत्नी हुन्, जो आफ्ना पति विष्णुको सेवा गर्छिन । श्रीदेवि चंचल छिन् । बिष्णुलाई सधै खुसी राख्न प्रयास गर्नुपर्छ । यदि बिष्णु राजा हुन भने भूदेवि साम्राज्य र श्रीदेवि उनका मुकुट, उनको राजगद्दी हो ।