भक्तपुर नगरपालिकामा नेमकिपाको क्लिन स्विप

भक्तपुर, जेठ २
भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले पुनः क्लिन स्विप गरेको छ । बैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा नगर प्रमुख र उपप्रमुख सहित नगरको १० वटै वडाका वडा अध्यक्ष र सदस्यहरु समेत जितेर नेमकिपाले दोस्रो पटक भक्तपुर नगरमा क्लिन स्विप गरेको हो । यसअघि २०७४ को स्थानीय निर्वाचनमा पनि नगरका सबै जनप्रतिनिधि निर्वाचित गरेर नेमकिपाले भक्तपुर नगरपालिकामा क्लिन स्विप गरेको थियो ।
नगर प्रमुखमा सुनिल प्रजापतिले २९ हजार २ सय मतका निर्वाचित हुनुभएको छ । उहाँका निकटम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका राम कासुलाले ३ हजार ३५२ मत ल्याएनुभयो भने भक्तपुर नगरपालिकाले सञ्चालन गरेको मेवा देको ईटापाके जग्गा एकिकरण पिडित संघर्ष समितिका तर्फबाट प्रमुखमा उम्मेदवार बनेका सत्यराम त्वायनाले २ हजार ३४५ मत प्राप्त गर्नुभयो ।


त्यस्तै नेकपा एमालेका रविन्द्र लाछिमस्यूले २ हजार ८३७, राष्ट्रिय प्रजातन्त्र पार्टीका बद्री लाखाजुले १ हजार १३८ र नेकपा माओवादी केन्द्रका तुलसीभक्त सुवालले ७४२ मत प्राप्त गर्नुभयो ।
त्यसैगरी उपप्रमुखमा नेमकिपाकी रजनी जोशी २९ हजार ६९५ मतसहित निर्वाचित हुँदा उहाँका निकटम प्रतिद्धन्द्धी नेकपा एमालेकी रञ्जना चापागाईं खर्वुजाले २ हजार ७८४ मत प्राप्त गर्नुभयो ।
त्यस्तै वडा नं. १ मा श्यामकृष्ण खत्री २१४३, वडा नं. २ मा हरि प्रसाद बासुकला २६२५, वडा नं. ३ मा राजकृष्ण गोरा २४४०, वडा नं. ४ उपेन्द्र सुवाल ३५६२, वडा नं. ५ मा योगेन्द्रमान बिजुक्छें २७७६, वडा नं. ६ मा हरि राम सुवाल ३२२९, वडा नं. ७ मा उकेश कवाँ ३९६९, वडा नं. ८ मा कृष्ण प्रसाद कोजू २२८०, वडा नं. ९ मा रविन्द्र ज्याख्व ४२२८ र वडा नं. १० मा लक्ष्मी प्रसाद ह्यौंंमिखा २६२६ मतका साथ विजयी हुनुभयो ।