मध्यपुर थिमि वडा नं. ४ मा नेकपा एमालेका बालकृष्ण विजयी, उपप्रमुखमा विजयकृष्णले उत्तरालाई पछि पारे

भक्तपुर, जेठ २
मध्यपुर थिमि वडा नं. मा नेकपा एमालेका बालकृष्ण श्रेष्ठ वडाअध्यक्षमा विजयी हुनुभएको छ । वडा नं. ४ को कुल गणना भएको ४८११ मत मध्ये बालकृष्ण १९३५ मत ल्याई विजयी हुनुभएको हो । उहाँका निकटम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका पूर्णकृष्ण श्रेष्ठले १६६५ मत ल्याउनुभएको निर्वाचन अधिकृत मैंया कँडेलले जानकारी दिनुभयो ।
त्यसैगरी वडा सदस्यहरुमा पनि नेकपा एमालेका दुई जना निर्वाचित हुनुभएको छ भने एक सदस्य भने कांग्रेसका विजयी हुनुभएको छ । वडा सदस्यहरु मध्ये महिला सदस्यमा नेकपा एमालेकी रामकेशरी श्रेष्ठ १८७५ र खुल्ला सदस्यमा मदनकृष्ण श्रेष्ठ १८३१ मत ल्याई निर्वाचित हुनुभयो भने अर्का सदस्यमा नेपाली कांग्रेसका उमेश बोडे श्रेष्ठ १७७४ मत ल्याई निर्वाचित हुनुभयो ।


यसैगरी वडा नं. ४ को अन्तिम परिणामसँगै नगर प्रमुखमा नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठले अग्रता थप बजबुद बनाएको छ । पछिल्लो मत परिणाम अनुसार सुरेन्द्रले ७४३२ मत प्राप्त गरी अग्रता लिनुभएको छ भने नेकपा एमालेका मदनसुन्दर श्रेष्ठले ४९१५ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै उपप्रमुखमा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठले आप्mनो गृह वडाको रुपमा रहेको वडा नं. ४ बाट भारी मत ल्याएपछि नेकपा एमालेकी उत्तरा नेपाललाई पछि पार्नुभएको छ । श्रेष्ठले ५९१८ मतका अग्रता लिनुभएको छ । उहाँका निकटम प्रतिद्धन्द्धी नेकपा एमालेकी नेपालले ४५१३ मत प्राप्त गर्नुभएको छ । वडा नं. १, २ र ३ को मत परिणाम अनुसार उपप्रमुखमा नेपालले ६७८ मतले अग्रता लिइरहनुभएको थियो । वडा नं. ४ बाट मात्रै ३०२७ मत ल्याएपछि उपप्रमुखका उम्मेदवार श्रेष्ठले नेपाललाई १४०५ मतले पछि पार्नुभएको हो ।