नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा रामशरण देउजाद्वारा उम्मेदवारी घोषणा

काठमाडौं, फागुन २८

नेपाल निर्माण ब्यवसायी महासंघको १२औं अधिवेशनमा महासंघका पूर्वमहासचिव रामशरण देउजाले उम्मेदवारी घोषणा गरेका छन् । देउजाले रिपोर्टर्स क्लब नेपालमा शुक्रवार पत्रकार सम्मेलन गर्दै देउजाले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
देउजाले विकराल समस्याको बीच निर्माण व्यवसायी रुमलिएको भन्दै उद्योगका समस्यालाई सम्बन्धित निकायमा पुर्याउनको लागि आफुले उम्मेदवारी दिन लागेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘निर्माण व्यवसायमा बिकराल समस्या छन्, समस्यामा रुमलिएको उद्योगका समस्यालाई सम्बन्धित निकायमा पुर्याएर निर्माण उद्योगीहरुलाई पुनर्ताजगी गराउन मैले उम्मेदवारी दिन लागेको हो ।’ पुर्वअध्यक्षसहित सर्वसम्मत प्रयास रहेसम्म आफु र आफ्नो उम्मेदवारी बाधक नहुने पनि उहाँले स्पष्ट पार्नुभयो ।
उहाँले अप्रत्यक्ष रुपले २०४३ र प्रत्यक्ष रुपले २०४७ सालदेखि निर्माण व्यवसायीको रुपमा निरन्तर संलग्न रहेको पनि जानकारी दिनुभयो । स्वः अध्यक्ष सरद गौचन र आफु महासचिव हुँदा साना व्यवसायीको हितको लागि काम गर्ने सिलशिलामा २ करोड सम्मको निर्माण कार्यहरुमा कुनै पनि योग्यता नचाहिने नियम संसोधन गर्न सफल देउजाले दावी गर्नुभयो ।
उहाँले लामो समयदेखि आफुले आर्जन गरेको अनुभवको आधारमा महासंघलाई अगाडी बढाउने समेत प्रतिवद्धता व्यक्त गर्नुभयो । महासचिव हुँदा पनि साना व्यवसायीहरुको समस्यामा आफु केन्द्रित भएको र उनीहरुको हकहितको लागि काम गर्दै आएको सुनाउँदै अध्यक्षमा निर्वाचित भएमा यसलाई निरन्तरता दिने स्पष्ट पार्नुभयो ।
उहाँले अहिले समग्र निर्माण उद्योग अस्वच्छ अविश्वसनिय दररेट कबोल गर्ने प्रतिस्पर्धामा रुमलिएको भन्दै दुःख प्रकट गर्नुभयो । उहाँले भन्नुभयो, ‘अविश्वसनिय दरररेट कबोल गर्ने गरेको कारण अस्वस्थ प्रतिस्पर्धाले निर्माण उद्योगमा प्र्रश्रय पाएको छ यसलाई हटाउनुपर्छ ।’