एसईई परीक्षाको तालिका सार्वजनिक (तालिकासहित)

भक्तपुर, माघ २७
राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को तालिका सार्वजनिक भएको छ । तालिका अनुसार आगामी वैशाख ९ गते शुक्रबार अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ । सोही दिन वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुने छ ।
वैशाख ११ गते अनिवार्य गणित र १२ गते अनिवार्य नेपालीको परीक्षा हुने छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार परीक्षा वैशाख ९ गतेदेखि सुरु भएर वैशाख २० गते सकिने छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने छ ।
परीक्षा तालिका राष्ट्रिय परीक्षा बोर्ड र परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को वेबसाइटमा पनि हेर्न सकिने बोर्डले जनाएको छ । अघिल्ला दुई वर्ष कोरोना महामारीका कारण एसइई परीक्षा हुन सकेको थिएन । दुवै वर्ष विद्यालयको आन्तरिक मूल्यांकनकै आधारमा नतिजा सार्वजनिक गरिएको थियो । यस वर्षको परीक्षामा पाँच लाख १० हजार परीक्षार्थी सहभागी हुने अनुमान बोर्डले गरेको छ ।
परीक्षा तालिका