बालकोटमा युवकको हत्या गरेको अवस्थामा शव फेला

भक्तपुर, मंसिर २२
भक्तपुरको बालकोटमा एक युवकको हत्या गरेको अवस्थामा शब फेला परेको छ । सूर्यविनायक नगरपालिका–३ बालकोट बस्ने राजु भन्ने ३३ वर्षिय राजन श्रेष्ठको शब सूर्यविनायक–२, बसीटोलस्थित बंगलामुखी सहकारी चोक नजिक हनुमन्ते खोला किनारको खेतमा फेला परेको हो ।
मृतकको टाउकोमा गम्भिर चोट लागेको छ । निधार नै कुच्चिने गरी कुनै रड जस्तो बस्तुले हिर्काएको जस्तो देखिएको महानगरिय प्रहरी वृत्त थिमिका प्रमुख प्रहरी नायव उपरिक्षक नरहरी रेग्मीले बताउनुभयो । शव मंगलवार राती करिव १० बजे फेला परेको हो । मृतकको नीजि सवारी मध्यपुर थिमि–३ गठ्ठाघरमा फेला परेको प्रनाउ रेग्मीले जानकारी दिनुभयो ।
मृतकको शब मध्यपुर अस्पतालमा लगिएको छ । घटनामा संलग्न भएको आशंकामा केहीलाई सोधपुछको दायरामा लिईएको प्रहरी स्रोतले बताएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।