मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु

भक्तपुर, कार्तिक ३०
भक्तपुरको मध्यपुर थिमि नगरपालिका–४ चारदोबाटोस्थित अरनिको राजमार्ग खण्डमा मोटरसाइकल अनियन्त्रित भई मंगलवार बिहान दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
काठमाण्डौबाट भक्तपुरतर्फ आउदै गरेको बागमती प्रदेश ०२–०२७ प २३५३ नं. को मोटरसाइकल आफै अनियन्त्रित भई बिच सडकको डिभाईडरमा ठोक्किन गई दुर्घटना हुँदा भई चालक सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका वडा नं. ७ घर भई हाल भक्तपुर लोकन्थली बस्ने २९ वर्षिय प्रदिप कार्कीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भिर घाईते भएका कार्कीलाई महानगरिय प्रहरी वृत्त थिमिका प्रहरी निरिक्षक रविन्द्र खड्काको टोलीले उद्धार गरी मध्यपुर अस्पताल लगिएको थियो । उपचारकै क्रममा कार्कीको मृत्यु भएको महानगरिय प्रहरी परिसर भक्तपुरका निमित्त सूचना अधिकारी प्रहरी निरिक्षक लोकबहादुर जिसिले बताउनुभयो ।
मृतकको शव पोष्टमार्टमको लागि के.एम.सी. अस्पताल दुवाकोटमा राखिएको छ। घटनाको थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।