पवित्र कथिन चीवर दान ‘सुमंगल विहार’, लुँखुसि, ललितपुरमा सम्पन्न (फाेटाेफिचर सहित)

सुनीता तुलाधर, ललितपुर, कार्तिक ९ गते

असाेज पूर्णिमादेखि कार्तिक पूर्णिमासम्म १ महिना भित्र सम्पन्न गरिसक्नुपर्ने पवित्र कथिन चीवर दान कार्यक्रम देशभर विभिन्न विहारहरूमा सम्पन्न भइरहेकाे छ । यसैक्रममा आज विहान ललितपुरकाे लुँखुसि स्थित श्री सुमंगल विहारमा नेपालका संघनायक श्रद्धेय भिक्षु बाेधिसेन महास्थविरकाे समुपस्थितीमा कथिन चीवर दान सम्पन्न भएकाे छ ।

भिक्षु पञ्ञारतन, भिक्षु खेम, भिक्षु साेम र भिक्षु सुमनतिस्सहरू विनयपूर्वक ३ महिना वर्षावास बस्नु भएकाे उपलक्ष्यमा उक्त दान कार्यक्रम सम्पन्न भएकाे हाे । कथिन दाता प्रेम बहादुर शाक्य र लक्ष्मी शाेभा शाक्य लगायत शाक्य परिवारकाे आयाेजनामा भिक्षु महासंघलाई कथिन चीवर दान गरियाे । उक्त दान कार्यक्रममा कथिन चीवरका साथै श्रद्धालु उपासकउपासिकाहरूले अष्ट परिष्कार पनि दान गरेका थिए ।