भिक्षु बोधिज्ञान महास्थविरको वर्षावास माझखण्ड धातु चैत्य विहारमा

ललितपुर, असोज २७
भिक्षु बोधिज्ञान महास्थविरले यसवर्षको वर्षावास ललितपुर जिल्लाको दक्षिण भेगस्थित बागमती गाउँपालिका–५ मा अवस्थित माझखण्ड धातु चैत्य विहारमा बस्नुभएको छ । बौद्ध धर्मग्रन्थ अनुसार असार पूर्णिमा देखि असोज पूर्णिमा अर्थात कोजाग्रत पूर्णिमासम्म ३ महिना एउटा मात्रै विहारमा बस्ने गरी अधिस्थान गरेर बस्नुलाई वर्षावास भनिन्छ ।

भिक्षु बोधिज्ञान महास्थविरले वर्षावासको अवसरमा उक्त विहारमा बुद्ध धर्म अन्तर्गत धार्मिक गतिविधिहरू पनि सञ्चालन गरिरहनु भएको छ । उहाँले माझखण्ड धातु चैत्य विहारमा अल्पकालिन श्रामणेर, ऋषिणी प्रवज्याका साथै एकदिवसिय ध्यान शिविर, विपस्सना ध्यान, चंक्रमण ध्यान, पिण्डपात (भिक्षाटन), परियत्ति शिक्षा, धर्म देशनालगायतका गतिविधि सञ्चालन गरिरहनुभएको छ ।

 

साथै हरेक राती ७ः३० देखि ८ः३० सम्म जूम र फेसबुकमार्फत प्रत्यक्ष प्रसारण गरी १ घण्टा distance meditation अन्तर्गत ध्यान निर्देश दिनुभइ ध्यान बसाली रहनुभएको छ । जसमा नेपाल लगायत विश्वका थुप्रै देशहरूका ध्यान योगीहरू ध्यान बस्नु भइ लाभ लिइरहनु भएको बताईएको छ ।