श्रीलंकाका राजदुत अरुणतिलकाद्धारा बुद्धको मुर्ति दान

ललितपुर, असोज २७
श्री अष्ट सद्धर्मायतन विहारको लागि श्रीलंकाका राजदुत हिमाली अरुणतिलकाले बुद्धको मुर्ति दान गर्नुभएको छ । राजदुत अरुणतिलकाले श्री अष्ट सद्धमार्यतन विहारको ध्यान हलको लागि सो मुर्ति उक्त विहारका विहार प्रमुख श्रद्धेय भिक्षु पञ्ञासार स्थविरलाइ दान दिनुभएको हो ।

यही असाेज २६ गतेका दिन सो मुर्तिलाई ललितपुरको पुल्चोकदेखी प्रयागपोखरीसम्म पदयात्रा गरी विहारमा पदस्थापना गरिएको थियो । पदयात्रामा भिक्षुगण, अनागारिका गुरूमाहरू र सयौं उपासक उपासिकाहरू बाजागाजा सहित सहभागी भएका थिए ।