भारतको सहयोगमा ८५ करोड नेपाली रुपैंयाको लागतमा बहु प्राविधिक संस्था बन्दै

सहयोगको सदुपयोग हामी सबैले गर्न सके
हेटौंडा । नेपालमा मित्र राष्ट्र भारतको सहयोगमा विभिन्न संरचनाहरुको निर्माण हुँदै आएका छन् र यो निरन्तर चल्दै आएको पनि छ ।
यसै क्रममा नेपाल भारत मैत्रि बहु प्राविधिक संस्था मार्फत हेटौंडामा २७ विगा क्षेत्रफलमा बन्ने बहु प्राविधिक अध्यापन संस्था एक हो ।


हेटौंडा वडा नम्वर ६ सल्लाघारी वन गौरिटार फाँट नजिक चित्रेपानी वन उपभोक्ता समितिको जमिनमा बनिरहेको बहु प्राविधिक अध्ययन संस्था नेपालको शैक्षिक क्षेत्रमा एक कोसेढुंगा हुने देखिन्छ ।
प्राविधिक जनशक्ती उत्पादनमा टेवा पुञ्याउने र दक्ष जनशक्ती उत्पादनमा उक्त बहु प्राविधिक संस्थाले नेपाली युवालाई ठुलो टेवा दिने पक्का छ ।
२७ विगा क्षेत्रफलमा विभिन्न प्राविधिक शिक्षालयको स्थापना सहित बन्दै गरेको उक्तं संरचनाबाट बार्षिक हजारौं दक्ष जनशक्ती उत्पादन हुने पक्का छ ।
करिव ८५ करोड नेपाली रुपैंयाको लागतमा गौरिटार फाँट नजिकक बन्ने बहु प्राविधिक संस्थामा , भवन , विभिन्न प्राविधिक शिक्षालयका लागि आवश्यक प्रयोगशाला, खेल मैदान लगायत विभिन्न संरचनाहरुको निर्माण हुने छ ।
विगतका समयमा भारतको सहयोगमा निर्माण भएका विभिन्न संस्थाहरु जस्तै यसको पनि सदुपयोग नेपाल सरकारले गर्न नसक्ने हो भने भोलीका दिनमा पनि अदक्ष जनशक्ती अरवको खाडीमा जानुको विकल्प हुने छैन ।
भारत सरकारले गरेको सहयोगको हामीले राम्रो सँग सदुपयोग गर्न सक्ने भए हामीले यस्ता बहु प्राविधिक संस्थाका मद्दतले दक्ष जनशक्ती उत्पादन तथा देशकै नमुना मानव सीप उत्पादन संस्था् बन्न सक्ने छ । निम्न आए भएका तथा कुनै पनि बर्ग लाई यो संस्था मेरुदण्डको रुपमा साबित हुनेछ । मित्रराष्ट्र भारत ले यस किसिमका संरचनाहरु जस्तैः हस्पिटलहरु , पुल , बाटो , बिद्यालय लगाएत ठुलो योजनाहरु मा सहयोग गर्दै अनुदान हरु दिदै तथा सहकार्य गर्दै आएको सर्वबिदितै छ । आउने दिनमा पनि मित्रराष्ट्र भारत ले यो भन्दा पनि ठुलो सहयोग गर्नेछ , सहकार्य गर्नेछ भन्ने बिश्वास राखेका छौ । कुनै पनि संरचना निर्माण पश्चात् प्रत्यक साल दुबै रास्ट्र का प्रतिनिधिहरु ले अनुगमन गर्नुपर्ने देखिन्छ ताकी ती सबै संरचना चुस्त दुरुस्त होस , सहि सदुपयोग होस , संरक्षण होस । दुई रास्ट्र बिचको सम्बन्ध पगाढ रहोस ।