डा. भगवान कोइरालाद्धार शिवपुरीका स्वास्थ्यकर्मीलाई अभिमुखीकरण

नुवाकोट (शिवपुरी) । मनमोहन कार्डियोथोरासिस भास्कुल एण्ड ट्रान्सप्लान्ट सेन्टर महारागञ्ज काठमाडौँको सहयोग र शिवपुरी गाउँपालिकाको समन्वयमा शुक्रवार एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

रियोम्याटिक हार्ड डिजिज सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न भएको शिवपुरी गाउँपालिकाले जनाएको छ ।
उक्त तालिममा प्रशिक्षकको रुपमा प्रोफेसर डक्टर भगवान कोइराला, डा. सन्दिप थापा, डा.इस्म्रिीति शाक्य, डा. राजाराम खनाल, डा. रत्नमणि गजुरलेको उपस्थिति रहेको शिवपुरी गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष रामकृष्ण थापाले डा. भगवान कोइराला लगायतका डक्टर सहितको टीमलाई गाउँपालिकाको समुदाय स्तरमा जनचेतना प्रदान गर्नुभएको सबै डक्टरको टीमलाई धन्ववाद प्रदान गर्नुभयो ।

उहाँले आगामी दिनमा पनि यस्तै प्रकृतिको कामको अपेक्षा व्यक्त गर्दै अध्यक्ष थापाले यस्तो पवित्र कार्यका लागि गाउँपालिकाले आवश्यक सहयोग र समन्वय गर्न तयार रहेको स्पष्ट गर्नुभयो ।

प्रशिक्षण कार्यक्रममा दशवटा स्वास्थ्य चौकीका इन्चार्ज, महिला स्वास्थ्य स्वयम् सेविका गाउँपालिकाका कर्मचारी गरी ४५ जनाको सहभागिता रहेको थियो ।