भक्तपुर क्षेत्र नं. १ को सभापतिमा संस्थापन पक्षक खत्री विजयी

भक्तपुर, मंसिर ८
भक्तपुर क्षेत्र नं. १ को सभापतिमा संस्थापन पक्ष सभापति शेरबहादुर देउवा पक्षीय जीवन खत्री विजयी भएका छ । कांग्रेसको मंगलवार सम्पन्न अधिवेशनले खत्रीलाई क्षेत्रीय सभापतिमा निर्वाचित गरेको हो । खत्रीले २७१ मत प्राप्त गरे भने उनका प्रतिष्पर्धी उद्धव खड्काले ११६ मत प्राप्त गरे । खड्का संस्थापन इत्तर समूहका हुन । खत्री वर्तमान क्षेत्रीय सभापति हुन् भने खड्का क्षेत्रीय सचिव हुन् ।
यस्तै क्षेत्रीय सचिवमा खत्री समूहकै समुद्र थापा र रविन कुमार केसी तथा सहसचिवमा रामकाजी भुजु र राजेश्वर वन विजयी भए ।
कार्यसमिति सदस्य आदीवासी जनजाती खुल्लामा बलबहादुर श्रेष्ठ र सहदेव श्रेष्ठ तथा प्रदेशसभा क बाट लक्ष्मी भक्त गोसाईं, निलकृष्ण साख र महिलामा कमलकेशरी चौगुठी विजयी भए । कार्यसमितिका अन्य सदस्यहरु निर्विरोध निर्वाचित भएका थिए ।
महाधिवेशन प्रतिनिधिमा नेपाल तरुण दलका पुर्वकेन्द्रीय सदस्य विनोद प्रकाश कायष्ठ पराजित भएका छन । महाधिवेशन प्रतिनिधि खुल्लामा प्रतिष्पर्धा गरेका कायष्ठले १६५ मत प्राप्त गरे । महाधिवेशन प्रतिनिधिमा बागमति प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कृष्णलाल भँडेल सर्वाधिक लोकप्रिय मत २५१ प्राप्त गरी विजयी भए ।
महाधिवेशन प्रतिनिधि खुल्लामा कुनै समूहमा नबसी एकल उम्मेदवारी दिएका कांग्रेस भक्तपुरका वरिष्ठ नेता प्रविण वन १९३ मतका साथ विजयी भए । त्यस्तै संस्थापन पक्ष इत्तर समूहका बाबुराजा जोशी पनि २०७ मतका साथ महाधिवेशन प्रतिनिधिमा विजयी भए । उनी कानुन आयोगका पूर्व अध्यक्ष र वरिष्ठ अधिवक्ता हुन ।
महाधिवेशन प्रतिनिधि खुल्लामा जगन्नाथ कार्की, राजाराम खड्का, दयामान कर्माचार्य, हरिप्रसाद नेपाल, पुष्कर खत्री, पुरुषोत्तम लामिछाने, मनोजकुमार थापा विजयी भए । त्यस्तै महिलामा संस्थापन पक्ष ईत्तरका राधा कार्की (सरु बाँनिया) विजयी भए भने संस्थापन पक्षका सुभद्रा काफ्ले, रुपा थापा र संगिता फुँयाल विजयी भए ।
महाधिवेशन प्रतिनिधि आदीवासी जनजाती खुल्लामा सुरेश श्रेष्ठ, रत्नसुन्दर खाईतु, जीवन भुजु र केशव दुवाल, खसआर्य खुल्लामा गोविन्द थापा र नवराज दाहाल, आदीवासी जनजाती महिलामा संस्थापन पक्ष ईत्तर समूहका गंगालक्ष्मी अवाल, संस्थापन पक्षका बागमति प्रदेशका सांसद रजनी जोन्छें र रञ्जना कक्षपति विजयी भए । त्यस्तै अल्पसंख्यक, अपांगता भएका र मधेशी समूहमा हरिकृष्ण श्रेष्ठ विजयी भए ।