साफ च्याम्पियनसिप २०२१ – किर्तिमानी ८ औं पटक भारतलाई उपाधि, नेपाल उपविजेतामा सिमित

भक्तपुर, असोज ३१
पहिलो हाप गोलरहित बराबरीमा सकिएको साफ च्याम्पियनसिपको फाइनलको दोस्रो हापमा ३ गोल खाएपछि पहिलो पटक च्याम्पियन बन्ने नेपालको सपना फेरी एकपटक टुहिएको छ । माल्दिभ्सको राजधानी मालेमा शनिवार राती भएको साफ च्याम्पियनसिपको फाइनलमा चीरपरिचित प्रतिद्धन्द्धी भारतसँग ३–० ले पराजित भएपछि पहिलो पटक फाइनल खेल्दै गरेको नेपालको साफ च्याम्पियन बन्ने सपना पुनः एक टुहिएको हो ।
साफको इतिहासमा नेपाल फाइनलमा पुगेको यो पहिलो अवसर हो । पहिलो अवसरमा नै उपाधी उचाल्ने नेपालको लक्ष्यमा भारतीय कप्तान सुनिल क्षेत्री, सुरेश सिंह वाङजाम र साहुल अब्दुल समाद बाधक बने । पहिलो हाप गोलरहित बराबरीमा सकिएपनि दोस्रो हापको शुरुमै भारतीय कप्तान सुनिल क्षेत्रीले गोल गरेपछि नेपाली टोलीले लय गुमाएको थियो । सुनिलले खेलको ४९ औं मिनेटमा प्रितम कोटलको क्रसलाई हेडरमार्फत गोल गर्दै नेपालविरुद्ध अग्रता बनाए ।
पहिलो गोल खाएर सम्हालिन नपाउँदैं भारतका लागि सुरेश सिंह वाङजामले यासिर मोहमदको कटब्याकलाई पेनाल्टी क्षेत्र भित्रबाट गोल गर्दै भारतको अग्रता दोब्बर पारे ।
खेलको खेलको इन्जुरी समयमा साहलले गोल गर्दै भारतलाई ३–० को जित दिलाए । यससँगै भारतले कीर्तिमानी आठौं पटक साफको उपाधि जित्न सफल भएको छ । नेपालको भने पहिलो पटक साफको उपाधि जित्ने सपना टुहिएपछि उपविजेता सिमित बनेको छ । नेपालले पहिलो पटक साफको फाइनल खेलेको हो ।


भारी वर्षाका बीच माल्दिभ्स राष्ट्रिय रंगशालामा शुरु भएको खेलमा दुवै टोलीका खेलाडीलाई बल नियन्त्रण गर्न कठिनाई परेको थियो । खेलमा तुलनात्मकरुपमा भारतले बल माथि पकड जमाएका छन । खेलको ४ औं मिनेटमा भारतले अग्रता बनाउने सुवर्ण अवसरमा नेपालका कप्तान एवम् गोलकिपर किरणकुमार लिम्बु बाधक बने । उनले यासिर मोहमदको पेनाल्टी क्षेत्र बाहिरको प्रहारलाई विफल मात्र पारेन रिबाउन्डमा अनिरुद्ध थापाको वन भर्सेस वनको प्रहारलाई समेत उत्कृष्ट ढंगले बचाए । त्यसपछि लगत्तै अर्कोतर्फ नेपालको काउन्टरमा नवयुग श्रेष्ठको अन्तिम प्रहार आकासियो ।


खेलको १४ औं मिनेटमा भारतको लगातार तीन आक्रमण गरे तर नेपाली डिफेन्सले संगठित खेल पस्कँदै तीन वटै प्रहारलाई विफल पारे । पानीका कारण रोहितले सन्तुलन गुमाउँदा खेलको १७ औं मिनेटमा नेपालले अग्रता बनाउनबाट चुक्यो । रोहितले पेनाल्टी क्षेत्रभित्र डिफेन्डर चिप्लेपछि प्राप्त सुवर्ण अवसरमा सन्तुलन गुमाउन पुक्दा चिप्लिएर लडेपछि गोलको अवसर खेर गएको थियो ।
भारतीय कप्तान सुनिल क्षेत्रीले २७ औं मिनेटमा पेनाल्टी क्षेत्रको बायाँ भागबाट गरेको प्रहारलाई किरणले बचाए भने ४४ औं मिनेटमा यासिरको क्रसमा सुनिलको भली प्रहार पोस्टभन्दा माथिबाट बाहिरिएपछि खेलको पहिलो हाप गोलरहित बराबरीमा सकिएको हो ।


फाइनलमा नेपालको सुरुवाती ११ मा गोलरक्षकमा कप्तान किरण, डिफेन्डरमा अनन्त तामाङ र दीनेश राजवंशीले सेन्टर डिफेन्स तथा विंगब्याकमा गौतम श्रेष्ठ र सुमन अर्याल खेलेका छन् । मिडफिल्डमा पुजन उपरकोटी र तेज तामाङलाई रोहित चन्दले साथ दिँदा आक्रमणमा सुजल श्रेष्ठ, नवयुग श्रेष्ठ र सुमन लामा रहेका छन् ।
खेलको ६६ औं मिनेटमा सुनिलले नेपालको डिफेन्स चिर्दै पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहारलाई किरणले उत्कृष्ट बचाउ गरे । ७३ औं मिनेटमा किरणले अनिरुद्धको फ्रिकिकलाई बचाउँदै भारतलाई अग्रता बढाउने अवसरबाट रोके । खेलको ७७ औं मिनेटमा मनिष डाँगीको लामो पासमा रोहितको फ्लिक हेडर क्रसबारमा लाग्दा नेपाल खेलमा फर्कने अवसरबाट बन्चित भयो । ८० औं मिनेटमा रोहितले आफ्नो पेनाल्टी क्षेत्रभित्र उत्कृष्ट ट्याकल गर्दै उदान्त सिंहको अन्तिम प्रहारलाई विफल बनाएका थिए । ८४ औं मिनेटमा मनिषको लामो दुरीको प्रहारले पोस्टको दिशा लिन नसकेपछि नेपालको गोल फर्काउने प्रयास खेर गयो ।


खेलमा दुई गोलले पछि परेको स्थितीमा नेपालले आक्रमण रणनीति खेल्दै पाँच खेलाडी परिवर्तन गरेको थियो । फाइनलमा नेपालको सुरुवाती ११ मा गोलरक्षकमा कप्तान किरण, डिफेन्डरमा अनन्त तामाङ र दीनेश राजवंशीले सेन्टर डिफेन्स तथा विंगब्याकमा गौतम श्रेष्ठ र सुमन अर्याल खेलेका थिए । मिडफिल्डमा पुजन उपरकोटी र तेज तामाङलाई रोहित चन्दले साथ दिँदा आक्रमणमा सुजल श्रेष्ठ, नवयुग श्रेष्ठ र सुमन लामा रहेका थिए ।
खेलको ५६ औं मिनेटमा नेपालले तीन खेलाडी परिवर्तन गरे । सुमन अर्याल, सुजल श्रेष्ठ र गौतम श्रेष्ठको स्थानमा विशाल राई, मनिष डाँगी र आयुष घलान मैदान प्रवेश गराउँदैं नेपालले अनन्त, दीनेश र रोहितलाई डिफेन्समा खेलाउँदै आक्रामक रणनीति लिएको थियो । ६५ औं मिनेटमा सुमन लामाको स्थानमा सुनिल बल मैदान प्रवेश गरेका थिए । ८१ औं मिनेटमा पुजन उपरकोटीको स्थानमा सन्तोष तामाङ मैदान छिरेका थिए ।


पाँच राष्ट्र सहभागी प्रतियोगितामा भारत लिगको शीर्ष स्थानमा रहदै फाइनल खेलेको हो । नेपाल राउण्ड रोबिन लिगको दोस्रो स्थानमा रहदै फाइनल खेलेको हो । पाकिस्तान फिफाको प्रतिवन्धका कारण र भुटान आफ्नै देशको कोभिड–१९ को प्रोटोकलका कारण प्रतियोगितामा सहभागी नभएपछि सहभागी ५ टोलीलाई राउण्ड रोविन लिगका आधारमा खेलाईएको थियो ।
लिगका चार खेल मध्ये नेपाल दुई जित, एक हार र एक बराबरीका साथ ७ अंक सहित फाइनलमा प्रवेश गरेको हो । त्यसैगरी भारत चार खेलमा दुई जित र दुई हारकासाथ ८ अंक सहित फाइनल प्रवेश गरेको हो ।
नेपालले समूह चरणको पहिलो खेलमा आयोजक माल्दिभ्सलाई १–०, दोस्रो खेलमा श्रीलंकालाई ३–२ ले पराजित गरेको थियो । तेस्रो खेलमा भारतसँग १–० ले पराजित गरेको नेपाल बंगलादेशसँग १–१ को बराबरी खेलेको थियो ।
भारत पहिलो दुई खेलमा बंगलादेशसँग १–१ र र श्रीलंकासँग गोलरहित बराबरी खेलेको भारत तेस्रो खेलमा नेपाललाई १–० र चौंथो खेलमा आयोजक माल्दिभ्सलाई ३–१ ले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।