भक्तपुरमा पायःद्यो र सेतो घोडा जात्रा सम्पन्न

भक्तपुर, असोज ३०
बडादशैंको ११ औं दिन पापांकुशा एकादशीको अवसरमा भक्तपुरको तलेजु भवानीको पायःद्यो जात्रा (खड्ग जात्रा) गएराती सम्पन्न भएको छ । तलेजु भवानीको साक्षात रुप मानिने पायःद्यो (खड्ग देवता)लाई रातो कपडाले व्यरेर युद्ध कवच पहि¥याई नगर परिक्रमा गराई जात्रा सम्पन्न गरेको हो ।
तलेजुको आगम घरको ख“ कुथि कोठावाट तान्त्रिक विधिपूर्वक पुजा गरिएका बलिपात्र र शस्त्र, अस्त्रसहित तलेजुको प्रतीरुप पायःद्यो तलेजुका मूल आचाजु र पुरोहितले राजोपाध्यायलाई हस्तान्तरण गरेपछि जात्रा प्रारम्भ भएको थियो । जात्रामा तलेजुका राजोपाध्यायले पायःद्योलाई आफ्नो का“धमा बोकेर तलेजु मूलचोकबाट बेकोचोक पु¥याईन्छ र त्यसपछि सर्वसाधारणका लागि पुजा र दर्शन गर्न दिने परम्परा रहि आएको छ ।

फाइल तस्विर

पायःद्यो दरवार स्क्वायर स्थित स्वर्णद्धार पुगेपछि पंक्तिवद्ध रुपमा प्रतिक्षारत रहेका नवदुर्गा देवगणलाई पालैपालो मन्त्रसिद्धि प्रदान गर्छन् । तलेजु भवानीवाट मन्त्रसिद्धि प्राप्तिपछि पायःद्यो नवदुर्गा देवगण सहित पथयात्रामा अगाडि बढ्ने प्रचलन रहेको छ ।
यसैगरी तलेजुको बहानको रुपमा रहेको सेतो घोडालाई नगर परिक्रमा गराईएको थियो । विजयादशमीको मध्यराती तलेजु प्रकट हुने मान्यताका आधारमा बहान सेतो घोडालाई नगरपरिक्रमा गरी जात्रा मनाउने गरिएको हो ।
जात्रामा तलेजु भवानीलाई तलेजुका चार मुल नाइके, आचाजु, जोशी, राजोपाध्यायबाट तान्त्रिक विधिअनुरुप कालरात्रि पुजा, टिका साइत पुजा गरी विर्सजन पुजा सम्पन्न गरेपछि घोडालाई भेडा बलि दिइ जात्रा सुरु गरिएको थियो ।
पायःद्यो र र सेतो घोडाको जात्रा चन्द्रमासको तिथि र गतिका आधार गरिने भएकाले नगरको माथिल्लो र तल्लो टोल मध्ये साईत अनुसार नगरपरिक्रमा गराईने प्रचलन रहेको छ ।
प्रत्येक वर्षको विजया दशमीको मध्यरातमा ज्योतिषीले चन्द्रमाको गतिअनुसार थाः न्ह्यायेगु (माथि सवारी हुने) वा क्वः न्ह्यायेगु (तल सवारी) हुने निर्णय पहिले नै भएअनुसार माथिल्लो टोलको दरवार क्षेत्र खिछें, चोछें, भोलाछें, थालाछें, दत्तात्रय, गोलमढी, सुकुलढोका र टौमढी हुँदै नारायणचोकसम्म र तल्लो टोलको दरवार क्षेत्रवाट खौमा, इटाछें, भार्वाचो, बंशगोपाल, भुजीकोखा, नारायणचोक र माथिल्लो दरवार क्षेत्र खिछें, चोछें, भोलाछें, थालाछें, दत्तात्रय, गोलमढी, सुकुलढोका र टौमढी हुँदै नारायणचोकसम्म परिक्रमा गराईन्छ ।
सेतो घोडालाई नगरपरिक्रमा गराउने क्रममा माथिल्लो टोलको तचपालसम्म मात्र लैजाने प्रचलन रहेको छ । भक्तपुर नगरको पुर्वतर्फ रहेको ब्रम्हायणी देवीको बहान पनि सेता घोडा भएकोले तलेजुको बहानलाई ब्रम्हायणीले आफ्नो ठानेर लैजाला भनी तचपालसम्म सेतो घोडा परिक्रमा गराईने परम्परा बसेको किंवदन्ती रहेको छ ।