बोडेको पलेस्वाँ पुखुःमा डुबेर बालकको मृत्यु

प्रतिकात्मक तस्विर

भक्तपुर, असोज १३
मध्यपुर थिमि–८, बोडेस्थित पलेस्वाँ पुखुः (कमलपोखरी)मा डुबेर बुधवार दिउँसो ६ वर्षिय बालकको मृत्यु भएको छ । खोटाङ जन्तेढुंगा गाउँपालिका घर भई हाल बोडेमा बस्ने २६ वर्षिय रमेश खड्काको छोरा ६ वर्षिय रोशन खड्काको डुबेर मृत्यु भएको हो ।
हालै पोखरी भित्रको झारपात सफा गरी नगरपालिकाको सहयोगमा स्थानीय युवाहरुको उपभोक्ता समितिले पोखरीमा डुंगा सञ्चालनमा ल्याएको थियो । पोखरीमा बालक डुबेको स्थानीयले देखेर तत्काल पानीबाट बाहिर निकाली प्रहरीलाई खबर गरे पश्चात महानगरिय प्रहरी वृत्त थिमिबाट प्रहरी सहायक निरिक्षक राजकुमार दनुवार नेतृत्वको प्रहरी टोलीले बालकलाई उपचारका लागि नागरीक अस्पताल गठ्ठाघर लगिएको थियो ।
अस्पतालमा उपचारको क्रममा बालकको मृत्यु भएको महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक दिपक गिरीले बताउनुभयो । घटनाको प्रहरी निरिक्षक रबिन्द्र खड्का नेतृत्वको टोलीले अनुसन्धान गरिरहेको छ । प्रारम्भिक अनुसन्धानमा बालक पानीमा डुवेको अवस्थामा स्थानीयहरुले देखेको तर कसरी ती बालक पोखरीमा डुब्न गयो भन्ने बारे थप जानकारी प्राप्त भई नसकेको प्रनाउ गिरीले बताउनुभयो ।