टिपरमा करेन्ट लाग्दा सहचालकको मृत्यु

भक्तपुर, साउन २०
भक्तपुरको सूर्यविनायक नगरपालिका–४, दधिकोटस्थित मोर्डन कलेज नजिक मंगलवार राती टिपरमा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा टिपरका सहचालक महोत्तरीको बर्दिवासका २२ वर्षिय विशाल तामाङ हुन ।
दोलखाको गौरीशंकर गाउँपालिका–२ घर भई हाल दधिकोट बस्ने रमेश राउतको अरनिको निर्माण सामग्री सेवामा गिटी ल्याएको बा ५ ख ७८४१ नं. को टिपरमा करेन्ट लाग्दा सो टिपरका सहचालक तामाङको मृत्यु भएको हो ।
मध्यराती गिटी झारेर जाने क्रममा टिपरको बुमले बिजुलीकोे नांगो तारमा छोई करेन्ट लागेको प्रत्यक्षदर्शी राउतले बताउनुभयो । ‘गिटी अनलोड गरेर टिपर फर्कने क्रममा बुमले बिजुलीको तारलाई छोयो । त्यही बेला टिपरको ढाला लगाउन गएका तामाङलाई करेन्ट लाग्यो,’ रावलले भन्नुभयो । करेन्टको झट्काले तामाङलाई सडकबाट तल खेतमा फालेको राउतले बताउनुभयो ।
घटना लगत्तै राउत र टिपर चालकले तामाङलाई उपचारका लागि मध्यपुर अस्पताल पु¥याएको तर चिकित्सकले मृत घोषणा गरेको महानगरिय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक दिपक गिरीले बताउनुभयो ।
घटनामा संलग्न टिपर र चालक रामेछापको दोरम्बा गाउँपालिका २ घरभई हाल मध्यपुर थिमि नगरपालिका–८ बोडे बस्ने ३१ वर्षिय पेमा तामाङलाई नियन्त्रण लिई आवश्यक कारवाही भइरहेको प्रनाउ गिरीले बताउनुभयो ।
मृतकको शव पोष्टमार्तमका लागि के एम सी अस्पताल दुवाकोट पठाएको र पिडितका परिवार सम्पर्कमा आई आवश्यक छलफल भइरहेको उहाँले जानकारी दिनुभयो ।